जिएमसीमा अत्याधुनिक सिटीस्क्यान मेसिन

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७६
69652884_378253266172834_7602740726996140032_n

पोखरा, १३ भदौ । गण्डकी मेडिकल कलेज नयाँबजार पोखराले अत्याधुनिक सीटी स्क्यान मेसिन संचालनमा ल्याएको छ ।

कलेजको ११ औं वार्षिककोत्सवको अवसरमा शुक्रवार विहान गण्डकी प्रदेश सभाका उपसभामुख सृजना शर्माले उक्त मेसिनको शुभारम्भ गरेकी हुन् ।
उक्त अवसरमा शर्माले विरामीका लागि अस्पतालले गुणस्तरीय सेवा सेवा प्रदान गर्नुको साथै समय अनुसार आधुनिक मेसिन समेत ल्याएर विरामीलाई सुविधा दिएको प्रति आभार व्यक्त गरिन् ।

रोगको उपचार गर्न आवश्यक पर्ने यस्ता उपकरण एउटै अस्पतालमा भएपछि विरामी वोकेर अन्यत्र जानु पर्ने समस्या यस मेसिनले हटाइदिएको छ उनले भनिन् –अस्पतालले गुणस्तरीय र विशेषज्ञ सेवा दिन सक्यो भने विरामी राजधानी काठमाण्डौ र विदेश जान पर्ने छेन् ।
अस्पतालका अध्यक्ष खुमा अर्यालले विरामीको रोग निधान गर्न नयाँ प्रविधि भित्र्याउनु अस्पतालको दाहित्व र विरामीलाई सुविधा दिन अस्पतालले सबै स्तरीय सेवा प्रदान गर्ने बताए ।

जापानमा निर्मित क्यानोन् कम्पनीको उक्त सीटी स्क्यान मेसिन पाँच करोड रुपैयाँमा खरिद गरिएको हो । विश्वमै स्तरीय र आधुनिक उक्त मेसिन पाँच सेकेण्डमा सीटी स्कालन गर्न सक्छ । अन्य मेसिनको तुलनामा ७५ प्रतिशत कम रेडिशन कम फाल्ने जानकारी कम्पनीका नेपाल स्थित प्रतिनिधि धिरज थपलियाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै