गण्डकी प्रदेशका बालिकाहरुलाई पैरबी तालिम

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६
talim

पोखरा, १० भदौ । जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा गण्डकी प्रदेशस्तरीय बालिका अधिकार सम्बन्धी पैरबी तालिम मंगलबार सम्पन्न भएको छ ।

पोखरामा आइतबारदेखि तीन दिनसम्म संचालित तालिममा गण्डकी प्रदेशमा बालिकाको क्षेत्रका कार्यरत ५२ जनाको उपस्थिति रहेको थियो । ९ जिल्लाका प्रतिनिपधहरुको विभिन्न १७ वटा संघ संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको यो तालिमको सहजीकरण बाल अधिकारकर्मी मिलन धरेल र दीपक बस्यालले गरेका थिए ।

तालिममा बालिका अधिकारको संरक्षण, बालिकामाथि हुने असमानता, बाल विवाह, यौन हिंसा, दुव्र्यवहार आदिको रोकथामका लागि स्थानीय तथा प्रदेश तहमा गर्नुपर्ने समन्वय र सहकार्यको बारेमा विभिन्न तरिकाहरुको बारेमा सहभागीलाई सिकाइएको प्रमुख प्रशिक्षक मिलन धरेलले जानकारी दिए ।

तालिमको समापन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले बालिकाहरुको सवालमा बहस तथा पैरबी गर्ने कार्यमा संस्थागत रुपमा लाग्नुपर्ने बताए । तालिमको समापन कार्यक्रममा सहभागीका तर्फबाट केशव पौडेल, शारदा शर्मा, सुरेन्द्र परियार, प्रताप बानियाँ र निशा सुनारले आफ्नो अनुभव बाँडेका थिए ।

क्यानलानको सहयोगमा सञ्चालित तालिमको समापन कार्यक्रम संस्थाको अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षता तथा प्रदेश संयोजक प्रतीक्षा गैह्रेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width