पिसजोनमा विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६
high-school-building-icon-5

पोखरा १० भदौ । पोखराको पिसजोन एकेडेमीमा नेपाली सप्ताह अन्तर्गत कक्षा युकेजीदेखि कक्षा १० सम्म विविध कार्यक्रम सम्पन्न भएका छन् ।

उक्त अवसरमा श्रुतिलेखन, निबन्ध लेखन,वक्तृत्व, हस्तलेखन गराइएको थियो । कक्षागत रुपमा गराइएको प्रतिस्पर्धामा उत्कृष्ट छात्र र उत्कृष्ट छात्रा चयन गरिएको थियो । निबन्ध लेखनमा भने प्रथम,द्वितीय र तृतीय छनोट गरिएको थियो ।

सूचना प्रविधि, हाम्रो संस्कृति हाम्रो पहिचान, बाल अधिकार हाम्रो अधिकार,वातावरण संरक्षणमा हाम्रो दायित्व लगायतका विषयमा कक्षागत रुपमै छुट्टाछुट्टै विषय दिएर निबन्ध लेखन गराइएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए ।

विद्यालयले वार्षिक तालिका अनुसार विभिन्न विषयका सप्ताहअन्तर्गत कार्यक्रमहरु गर्दै आएको छ । यसअघि गत महिना अङ्ग्रेजी सप्ताह पनि सम्पन्न गरिएको थियो । विद्यार्थीलाई सहक्रियाकलापमा सहभागी गराई उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने गरिएको दाहालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पश्चिमाञ्चलमा ‘फुड फेस्टिभल’

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बाहिर ल्याउने गरी पश्चिमाञ्चल माविले शनिबार फुड फेस्टिभल आयोजना गरेको छ । कक्षा…
  • पोखरा इन्जिनियरिङ कलेजमा यन्त्र फेस्टिभल

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । पोखरा इन्जिनियरिङ कलेज स्ववियु आयोजनामा यन्त्र इन्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिबल सुरु भयो । २ दिनसम्म चल्ने यन्त्र फेस्टिभलमा…
  • अक्सफोर्डमा हाजिरीजवाफ सम्पन्न

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । पोखरा १३, बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हरियो सदनबाट गौरव आचार्य, मोहम्मद…
  • पोखरा आदर्श सेकेन्डरीमा अंग्रेजी हस्तलेखन

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुल, बगरमा अतिरिक्त कार्यकलापअन्तर्गत अंगे्रजी हस्तलेखन प्रतियोगिता भएको छ । कक्षा नर्सरीदेखि ९ सम्म भएको…
  • पानद्वारा विन्ध्यवासिनी मावि सम्मानित

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०८१
    पोखरा । प्रिन्सिपल एसोसिएसन अफ नेपालले सातै प्रदेशबाट छनोट विद्यालय तथा प्रधानाध्यापकलाई सम्मानसहित पुरस्कृत गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत…

hero news full width