रवि र कंडेल अनुमतिबिना विदेश जान नपाउने

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७६
Rabi-Lamichhane-1-768×435

पोखरा, १० भदौ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका रवि लामिछानेलाई अदालतको अनुमतिबिना विदेश जान नपाउने भएका छन् ।

अदालतले सोमवार रवि लामिछानेसँग ५ लाख र अर्का अभियुक्त युवराज कँडेलसँग पनि यही शर्तसहित ३ लाख धरौटीमा छाडेको छ ।
सोमबार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडासैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की ‘रूकु’लाई सामान्य तारेखमा छोडेको हो।

संकलित प्रमाणको विश्वसनियतामा अन्यथा असर पु¥याउने उद्देश्यले अदालतभन्दा बाहिर कुनैपनि कार्यक्रमा सञ्चालन गर्न, टेलिभिजन कार्यक्रम सञ्चालन गर्न फेसबुक लाइभ, ट्वीटर, युटुब वा कुनैपनि सञ्चार माध्यामबाट विचार वा प्रतिक्रिया स्वदेश वा विदेबाट व्यक्त गर्न गराउन नपाउने गरी, अदालतको आदेशमा भनिएको छ, । औषधि उपचारको लागि विदेश जानुपरेको अवस्थामा यस चितवन जिल्ला अदालतको पूर्व अनुमति लिएर मात्र प्रतिवादीहरू लामिछाने र कंडेललाई शर्तसहित जानु पर्ने छ ।

लामिछाने र कँडेलले प्रस्तुत मुद्दाको टुंगो नलागेसम्म पुडासैनीको आत्महत्याको विषयलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी,अभियोजनकर्ता सरकारी वकिल, पीडित परिवार, मुद्दाका सम्बद्ध साक्षी, मौकामा बुझिएका अन्य व्यक्तिहरू प्रमाणको वैज्ञानिक परीक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत, र समग्र न्यायिक प्रकृयाको बारेमा सार्वजनिकरूपमा विचार व्यक्त गर्न समेत नपाउने गरी अदालतले आदेश गरेको छ।

तत्काल प्राप्त प्रमाणका आधारमा लामिछाने र कँडेललाई धरौटीमा छाड्ने र रूकुलाई सामान्य तारेखमा छाड्ने निर्णय अदालतले गरेको हो। लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width