मगर सांस्कृतिक संघमा सरिता

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७६
68874936_2342722279323082_486664118699294720_o

पोखरा, ९ भदौ । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको अध्यक्षमा सरिता सारूमगर चयन भएकी छन् । शनिबार सम्पन्न संघको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सारू सर्वसम्मत चयन भएकी हुन् ।

अधिवेशनबाट उपाध्यक्षमा सुरज थापामगर, महिला उपाध्यक्षमा सञ्जु थापामगर, सचिवमा सुरेश रानामगर, सह–सचिवमा रमा रानामगर र कोषाध्यक्षमा वसन्ती थापामगर सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा दिवस थापामगर, सृजना आलेमगर, रेनु रिलामीमगर, चीना थापामगर, बत्ति थापामगर, भविकला घर्तीमगर, कल्पना आलेमगर, सन्तोष पुनमगर, रेशम थापामगर, लाली थापामगर, कमल श्रीसमगर, पप्पु थापामगर र ललिता पुनमगर छन् ।

यसअघि, अधिवेशनको उद्घाटन, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपसागर थापामगरले गरेका थिए । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगर, कास्की जिल्ला अध्यक्ष संगीता पुनमगर, नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका इञ्चार्ज पदम थापामगर, अग्रज लोकगायिका नन्दा पुनमगर, नेपाल मगर सांस्कृतिक मञ्चका संस्थापक अध्यक्ष तिलकप्रसाद पुनमगर लगायतले बोलेका थिए ।

सो अवसरमा अग्रज लोकगायिका नन्दा पुनमगरलाई सम्मान गरिएको थियो । सम्मानित प्रतिभा छनौटका लागि संस्कृतिकर्मी शिव थापामगरको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनौट समिति गठन गरिएको थियो । छनौट समितिका सदस्यहरूमा तारामाया थापामगर, रूद्रबहादुर श्रीसमगर, गोविन्द पुनमगर र संघका जिल्ला अध्यक्ष दीपक थापामगर रहेका थिए ।

नेपाल मगर सांस्कृतिक संघ, कास्कीका निवर्तमान अध्यक्ष दीपक थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुरज थापामगर र उपाध्यक्ष सरिता सारूमगरले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width