पत्रकार हमालको रिहाई गर्दै सर्वोच्चमा रिट

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
22089374_243471666178543_42139060417066253_n

पोखरा, ८ भदौ । पोखराबाट पक्राउ परेका पत्रकार ओम हमालको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले बन्दी प्रत्यक्षीकरणमा रिट दायर गरेका हुन् ।

जिल्ला अदालत कास्कीलाई विपक्षी बनाएर उनले रिट हालेका हुन् । हमाल रिपोर्टिङको क्रममा खुदीमा विप्लव समूह स्याङजाका सेक्रेटरी कृष्ण वाग्ले (रुपेश) लाई भेटेका थिए । सोही समयमा हमाल र रुपेश पक्राउ परेका थिए ।

‘पेशागत कामका शिलशिलामा गएको बेला पक्राउ गरिएको छ । अन्तरवार्ताका लागि रेकर्ड गर्दागर्दै समातेर बेपत्ता पारिएको छ । पक्राउ पुर्जी नदिईकन पक्राउ गर्न मिल्दैन,’ जैसीले भने, ‘झुटा मुद्दामा फसाएर गैरकानुनी गिरफ्तार गरिएको हो । ससम्मान रिहाईको माग छ ।’जैसीलाई रिट दायर गर्न नेपाल पत्रकार महासंघले नै जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी अनुसार रिट दर्ता गराएको जैसीले सुनाए ।

पक्राउ परेकै दिन हमाललाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ । हमालको पक्राउप्रति नेपाल पत्रकार महासंघ सहित विभिन्न संघ संगठनहरुले विरोध जनाउँदै तत्काल रिहाईको माग सहित दवाव दिईरहेका छन् । हमाल जनसंचार डटकमका सम्पादक हुन् । हमालले आँफु रिपोर्टिङमा रहेकै बेला प्रहरीले पक्राउ गरेको बताएका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width