बागलुङ पोखरा लोकमार्ग अस्तब्यस्त

आदर्श समाज सम्वाददाता
भाद्र ७, २०७६
BP-Highway-sindhuli

symbolic picture

बागलुङ, ७ भदौ । बागलुङ–पोखरा लोकमार्गको काम समयमा सम्पन्न नहँुदा यात्रुले सास्ती खेप्नु परेको छ ।

२०४८ सालमा मित्र राष्ट्र चीन सरकारको सहयोगमा निर्माण भएको यो सडक नेपाल सरकारले मध्यपहाडी लोकमार्गमा परिणत गरी सडक बिस्तार गर्ने काम अगाडि बढाएको छ । काम समयमा सम्पन्न नहँुदा बर्षाको कारणले बाढी पहिरो आएपछि सडक छेद बिच्छेद बन्दै गएको छ ।यो सडकमा दैनिक ५ सय भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको छन् भने तीनले सकस बेहोर्ने गरेका छन् ।

पोखरा–बागलुङ खण्डको सडक २ घण्टामा गन्तव्यमा पुग्ने गरेको अहिले ३ घण्टा देखि ४ घण्टा लाग्ने गरेको यात्रु भास्कर पौडेलले बताए । सडक हिलाम्मे र बाढी पहिरोको कारणले जोखिम पूर्ण बन्दा यात्रा असुरक्षित बन्दै गइरहेको निश्चित समयमा गन्तव्यमा पुग्न कठिनाइ भएको चालकहरू बताउँछन् ।विशेष गरेर यो सडक भएर नेपाल प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मुस्ताङ यात्राको लागि आएका पर्यटकलाई निकै सास्ती बेहोर्नु परिरहेको छ ।

कामको जिम्मेवारी लिएको ठेकदार कम्पनी लामा कन्ट्रक्सनले आफूले लिएको जिम्मेवारी समयमै पूरा नगर्दा पोखरा बागलुङ सडक खण्ड जोखिम पूर्ण बन्दै गइरहेको छ ।

नेपालीहरूको महान चार्ड बिजया दशमी नजिकिदै गर्दा धार्मिक तीर्थस्थल मुक्तिनाथका लागि आउने तीर्थ यात्रुले निकै दःुख पाउने भएका छन् ।जिल्लामा रहेका सरोकारवालाले पटकपटक अनुरोध गर्दा समेत कामको जिम्मेवारी लिएको लामा कन्ट्रक्सनले अटेरी गर्दा संघीय संसदमा समेत कुरा उठेपनि कामले अझै गतिलिन सकेको छैन ।

नेपाल सरकारले गौरबशाली योजनाको रूपमा राखेको यो मध्यपहाडी लोकमार्ग समयमा सम्पन्न नहुने हो भने नेपाल सरकारले सन् २०२० मा २०लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कार्यक्रम समेतलाई यसले प्रभाव पार्ने निश्चित छ ।छिटोभन्दा छिटो कामको जिम्मेवारी लिने निर्माण कम्पनी लाई काम सम्पन्न गराउन सरोकारवाला निकायले दवाब दिनुपर्ने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width