पोखरा । नेपाली चलचित्र ‘लक्का जवान’को सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरिएको छ ।
हाँस्य कलाकार शिवहरी पौडेलले यसै चलचित्रबाट निर्देशनका लागि डेब्यू गर्दैछन् । क्यामेरा पूजा गर्दै मुहूर्त गरिएको चलचित्रको छायांकन भने बुधबारबाट मात्रै सुरु हुनेछ।
यस चलचित्रमा दिलिप रायमाझी, शिवहरि पौडेल र किरण केसी स्वयंको अभिनय रहनेछ । यसका साथै चलचित्रमा प्रियंका कार्की, सलोन बस्नेत, बर्षा सिवाकोटी, राजाराम पौडेल, सरोज खनाल, जयनन्द लामा, अनुसुया श्रेष्ठ वन्त सुशील पोख्रेल, रमेश केसी, सबित गुरुङ, बिमला गिरी, अन्जु मर्हजन, मनिषा श्रेष्ठ, धनिराम मुस्कान, यमन श्रेष्ठ, बिनोद केसी, स्वस्तिका लामिछाने, कञ्चन सापकोटा, डोमा शेर्पा र लक्ष्मी श्रेष्ठ लगायतको भूमिका रहनेछ ।
हाँस्यकलाकार किरण केसी, शिवहरि पौडेल र अभिनेता दिलीप रायमाझी कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रमा अनसुया श्रेष्ठ वन्त निर्मात्री रहनेछिन् । सह–निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी छन् ।
चैतको ७ गतेलाई प्रर्दशन मिति घोषणा गरिएको चलचित्र पारिवारिक कथासँगै कमेडी जनरामा बन्ने बताइएको छ । चलचित्र छायांकनको पहिलो स्थान काभ्रे तोकिएको छ । चलचित्रको काभ्रेमा ७० र बाँकी छायांकन काठमाडौंमा हुनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रमा बाबुल गिरीको संगीत रहेको छ ।
Related News
सम्बन्धित समाचार
पत्रकार पोखरेल सम्मानित
रेवान पोखरामा विश्वराज
फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
बेनी–जोमसोम सडक अवरुद्ध
hero news full width
मुख्य समाचार
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१