प्रधान सेनापति ट्रफी प्रतियोगिता शुरु

आदर्श समाज सम्वाददाता
भाद्र ३, २०७६
Army Chief Trophy Championship

पोखरा । प्रधानसेनापति ट्रफी प्रतियोगिता–२०७६ सोमबारदेखि सुरू भएकामे छ ।

नेपाली सेनाको जंगी अड्डास्थित खेल मैदानमा शुरु प्रतियोगिता प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उद्घाटन गरेका छन् ।

भदौको २५ गतेसम्म संचालन हुने प्रधानसेनापति ट्रफी प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु समावेश छन् । खेल भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदान र छाउनीस्थित जगदल गण एवं लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा हुनेछन् ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नारासहित नेपाली सेनाभित्रका खेल प्रतिभाहरुको पहिचान गरी उनीहरुको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगिता नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुंगा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।

कार्यक्रममा पूर्व प्रधानसेनापतिहरु, सशस्त्र प्रहरी बलका महानिरीक्षक, वहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, रक्षा मन्त्रालयका पदाधिकारीहरु, नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, नेपालस्थित विदेशी सैनिक सहचारीहरु, नेपाली सेनाका अधिकृतलगायत संचारकर्मीहरुको समेत उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width