पोखरा, २ भदौ । १८० औ बिश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरी मनाइएको छ ।
फोटोग्राफर संघ गण्डकी प्रदेशद्वारा आयोजित उक्त कार्यक्रममा देश ब्यापी साईकल भ्रमणमा निस्किएका खोटाङका यूवा कर्ण श्रेष्ठलाई सम्मान गरिएको छ । श्रेष्ठलाई खादा तथा सम्मानपत्रले सम्मानित गरिएको थियो ।
पोखराको मानवअधिकार चोकबाट शुरु भएको प्रभातफेरी चिप्लेढुंगा महेन्द्रपुल हुदै पुन मानवअधिकार चोकमा पुगेर कोणसभामा सभामा परिणत भएको थियो । देशमा भ्रष्टाचार मौलाउदै गएपछि चिन्तित बनेका श्रेष्ठले देशलाई भ्रष्टाचार मुक्त बनाउनुका साथसाथै देशका बिभिन्न पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्यले साईकलबाट नेपाल भ्रमणमा निस्केको बताए ।
बिश्वफोटोग्राफी दिवसका अवसरमा पर्यटन प्रबद्र्धन गर्दै भ्रष्टाचार मुक्त देश बनाउनका लागि देश दौडाहामा निस्केका ब्यक्तिलाई सम्मान गर्ने अवसर मिल्नु पनि गण्डकी प्रदेशका फोटोग्राफर ,पत्रकार तथा फोटोपत्रकारहरुका लागि गौरवको कुरा रहेको फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।
कार्यक्रममा बिश्व फोटोग्राफी दिवसका बारेमा फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुड., पोखरा उधोग बाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारी लगायतले आआफ्नो धारणा राख्दै फोटोग्राफीको महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रम फोटोग्राफर संघ गण्डकीका महासचिव तुलसी राम सुवेदीले संचालन गरेका थिए
Related News
सम्बन्धित समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट
संरक्षण आमा समूहद्वारा सम्मान
सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१