पर्वतीय खेलकुद महासंघ गण्डकी प्रदेशस्तरीय नेटवर्क गठन

एजेन्सी
भाद्र २, २०७६
Mountain Sports_Fotor

पर्वतीय खेलकुद महासंघ नेपालले गण्डकी प्रदेश स्तरीय नेटवर्क गठन गरेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई प्रदेशस्तरीय रुपमा भव्यताका साथ सफल पार्न गण्डकी प्रदेश सभा सदस्य माननीय ईन्द्रधारा विष्टको संयोजकत्वमा गण्डकी प्रदेश स्तरीय नेटवर्क गठन गरेको हो। गण्डकी प्रदेशस्तरीय नेटवर्कमा शाहसिक खेलकुदमा सहभागी जनाउने विभिन्न खेलकुदका १६ सदस्यहरु छन्।

नेटवर्कको सदस्यहरुमा भूबहादुर गुरुङ (गल्फ), गोपी भट्टराई (विच स्पोर्ट्स), भरतराज शर्मा (वाटर स्पोर्ट्स), शिशिर सुवेदी (मोटर स्पोर्ट्स), शंकर भण्डारी (साइक्लिङ), योगेश भट्टराई (प्याराग्लाइडिङ), शंकर थकाली (आर्चरी), निमबहादुर मगर (र्याफटिङ तथा क्यानोइङ), केशवबहादुर थापा (साहारा क्लव), कर्मा गुरुङ (घोडचडी), गजबहादुर गुरुङ (एथ्लेटिक्स), रामचन्द्र कोइराला (स्केटवोर्डिङ), मनोज थापा (एडभेन्चर स्पोर्ट्स), युवराज गुरुङ (हाई–अल्टिच्युट) र प्रकाश बराल (ट्रायथोलन) छन।

पर्वतीय खेलकुद महासंघ नेपालले नेपाल भ्रमण वर्ष २०२० लाई प्रदेशस्तरीय रुपमा भब्यताका साथ सफल पार्न प्रदेशस्तरीय मन्त्रालय, सरकारी निकाय, विभिन्न संघसंस्था तथा नेपाल भ्रमण वर्ष २०२० को प्रदेशस्तरीय समितिसँग आवश्यक समन्वय तथा सहकार्य गरी शाहसिक तथा पर्यटकीय खेलकुदसम्बन्धी कार्यक्रमहरु गर्नेछन्। जसअनुरुप २०२० लाई लक्षित गरी पोखरामा गण्डकी रन, हाइ अल्टिच्यूड रक क्लाइम्बिङ टुर्नामेन्ट, अन्तराष्ट्रियस्तरको परम्परागत आर्चरी फेस्टिभल, प्याराग्लाइडिङ टुर्नामेन्ट, पोखरा वाटर फेस्टिभल, गल्फ प्रतियोगिता, ट्रान्स हिमालय मोटर र्याली लगायतका कार्यक्रमहरु गरिनेछ।

पर्वतीय खेलकुद महासंघ नेपाल गण्डकी प्रदेश स्तरीय नेटवर्कका संयोजक ईन्द्रधारा विष्टले गण्डकी प्रदेशमा शाहसिक खेलको गतिविधिसँगै शाहसिक पर्यटकहरु गण्डकी प्रदेशमा भित्राउन आफ्नो नेटवर्कले केन्द्रसँग मिलेर अगाडि वढ्ने वताए। त्यस्तै पर्वतीय खेलकुद महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष मेघराज पौडेलले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी महासंघले नेपालको सातवटै प्रदेशमा शाहसिक खेलकुदको गतिविधि सञ्चालन गर्न लागि काम गर्ने वताए।

Related News

सम्बन्धित समाचार

hero news full width