बैडीलाई भलिबलको उपाधि

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
Winner, VolleyBall Team BAIDI_Fotor

तनहुँको घिरिङ गाउँपालिकाको बैडी ब्वाइज युनियन क्लबले प्रथम नव युनाइटेड भलिबल कपको उपाधि जितेको छ। शुक्लागण्डकी नगरपालिका वडा नं ७ स्थित स्थानीय सरस्वती नमूना माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालित उक्त प्रतियोगिताको फाइनलमा प्रतियोगिताको फाइनलमा बैडी ब्वाइज युनियन क्लबले पिरुङ युवा क्लबलाई ३–१ सेटले हराउँदै उपाधि जितेको हो।

उपाधिसँगै बैडी ब्वाईज युनियनले ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्यो। त्यस्तै, उपविजेता पिरुङ युवा क्लबले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्यो। कार्यक्रमका प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, क्लबका अध्यक्षलगायतले विजयी टिम र खेलाडीहरुलाई पुरस्कार वितरण गरे।

फाइनलमा बैडी ब्वाइज युनियन क्लबले पिरुङ युवा क्लबमाथि २५–१८, २५–१६, १५–२५ र २५–१० को जित निकालेको थियो। पहिलो सेट २५–१८ र दोस्रो सेटमा २५–१६ अन्तरले जित निकालेको बैडीले तेस्रो सेट १५–२५ ले पिरुङ युवा क्लबलाई सुम्पेको थियो। चौंथो सेटमा २५–१० को जित निकाल्दै बैडी ब्वाईज युनियनले जित निकाल्दै उपाधिलाई आफ्नो पक्षमा पारेको थियो।

खेलमा बेष्ट सेटर बैडी ब्वाइज युनियन क्लबका राजन श्रेष्ठ, बेष्ट प्लेयर बैडी ब्वाइज युनियन क्लब घिरिङका अशोक श्रेष्ठ, बेष्ट लिब्रो पिरुङ युवा क्लबका सुनील थापा र बेष्ट स्पाइकर पिरुङ युवा क्लबका मिलनचन्द ठकुरीले ट्रफी पुरस्कार पाए । नव युनाइटेड क्लब, शुक्लागण्डकी नगरपालिका, खैरेनीटार, तनहुँको आयोजनामा यही साउन ३० गतेदेखि शुरु प्रतियोगितामा १२ टिमको सहभागिता थियो।

प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल खेलकुदको क्षेत्रमा युवाहरु अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले नगरपालिकाले पनि खेलकुदको क्षेत्रमा बजेट बिनियोजन गरेको जानकारी दिए।

नव युनाईटेड क्लबका अध्यक्ष नारायणकुमार श्रेष्ठको अध्यक्षता भएको समापन कार्यक्रममा पूर्व अध्यक्ष सुरजकुमार श्रेष्ठले स्वागत र सचिव महेन्द्र श्रेष्ठले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै