मगर संघ बाघमाराको आठौं साधारणसभा एवम् चौथो अधिवेशन सम्पन्न

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
nepal magar sangh bagmara_Fotor

ÒV

नेपाल मगर संघ, बाघमारा इकाई समितिको आठौं वार्षिक साधारण सभा एवम् चौथो अधिवेशन एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ।

कार्यक्रमको नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर राना मगरले उद्घाटन गरे।

उद्घाटनका क्रममा उनले नेपालमा आदिम कालदेखि मगर समूदायले राष्ट्र र समाजको विकासमा महत्वपूर्ण योगदान गरे पनि त्यसको उचित मूल्याङकन हुन नसकेको बताए।

सामाजिक विकास एवम् जिम्मेवारी बहनमा पछि नपरी पुर्खाको विराशतलाई आत्मसात गर्दै अग्रणी भूमिकाका साथ देश र जनताको समुन्नतिमा सम्पूर्ण मगर एकाकार हुनुपर्नेमा उनले जोड दिए।

नेपाल मगर संघ बाघमारा इकाई समितिका अध्यक्ष इन्द्रबहादुर थापा मगरको अध्यक्षता एवम् सचिव मीनबहादुर गाहा मगरको सञ्चालनमा भएको कार्यक्रममा स्वागत सल्लाहकार मन माया राना मगरले गरेकी थिइन्।

कार्यक्रममा नेपाल मगर संघ कास्कीका अध्यक्ष संगीता पुन मगर, नेपाल मगर महिला संघ कास्कीका सदस्य पुष्पा पुन मगर, नेपाल मगर बौद्ध संघका अध्यक्ष चन्द्रबहादुर मस्राङ्गी मगर, नेपाल मगर संघ बाघमारा इकाई समितिका सल्लाहकारद्वय नारायण बहादुर गाहा मगर र प्रेमबहादुर आले मगर लगायतले सााधारण सभा एवम् अधिवेशनको शुभकामना व्यक्त गरेका थिए।

साधारणसाभामा इकाईको आर्थिक प्रतिवेदन कोषाध्यक्ष हर्कबहादुर फेवाली मगर र वार्षिक प्रतिवेदन सचिव मीन बहादुर गाहा मगरले प्रस्तुत गरेका थिए।

यसैबीच नेपाल मगर संघ बाघमारा इकाई समितिको चौथो अधिवेशनले प्रेमबहादुर आले मगरको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

इकाईको उपाध्यक्षमा पदमकुमारी सारु मगर, सचिवमा मीन बहादुर गाहा मगर, सह सचिवमा सुजन थापा मगर, कोषाध्यक्षमा हर्कबहादुर फेवाली मगर, सह कोषाध्यक्षमा देबु थापा मगर चयन हुनुभएको छ।

इकाईको सदस्यहरूमा माया थापा मगर, पवित्रा थापा मगर, रन बहादुर हिटान मगर, विन्दु फेवाली मगर, मन बहादुर लुयली मगर, शेर बहादुर हिटान मगर, धिरज पुन मगर र पूर्णिमा हिटान मगर निर्वाचित भएका छन्।

बाघमारामा २०५७ सालदेखि संगठित बन्दै कृयाशिल नेपाल मगर संघ बाघमारा इकाईले यस क्षेत्रको सामाजिक विकास लगायतका गतिविधिमा निरन्तर कृयाशिल बन्दै आएको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width