कलाकार मञ्चमा लामिछाने

आदर्श समाज सम्वाददाता
भाद्र २, २०७६
last photo 01_Fotor

आइतबार पाल्पामा संगित क्षेत्रमा आबद्ध कलाकारको भेलाले प्रेम लामिछानेलाई निर्विरोध अध्यक्षमा चयन गरको छ। तानसेनमा भएको पहिलो अधिवेशनले लामिछानेको नेतृत्वमा २१ सदस्यीय कार्य समिती गठन गरेको हो।

स्रोतका अनुसार समितिको बरिस्ठ उपाध्यक्षमा सुमन थापा, उपाध्यक्षमा पुरन गाहा, महिला उपाध्यक्षमा निरु सुनार, महासचिवमा सुमन गैरे, सचिवमा थम्मन रास्कोटी मगर, सह–सचिवमा नन्दा पचभैया, कोषाध्यक्षमा अन्जु थापा, सह–कोषाध्यक्षमा टिना राना र कमल गाहा निर्वाचित भए। यस्तै सदस्यहरूमा नारायण बस्याल, मनोज गोतामे, श्रीजना अधिकारी, विष्णु पन्त, नारायण कुँवर, माया सारु, रमेश भट्टराई, सित्तल लामिछाने, दिनेश काफ्ले, पुरन राना र नैना परियार चयन भएको सदस्य सिर्जना अधिकारीले जानकारी दिइन्। उनका अनुसार त्यस्तै सन्तोष बस्याल, मदन देउराली, भरत खड्की, मेख सारु, रेवती राना र खेमगोपाल सारु सल्लाहकारमा चयन भएका छन्।

नव निर्वाचित महासचिव सुमन गैरेले रास्ट्रीय लोक दोहोरी गीत प्रतिष्ठानमा नअटाएका कलाकारले गठन गरेको संस्था हो भन्ने जिज्ञासामा संस्था गठन दोहोरी गीत प्रतिस्ठान पाल्पाको विरुद्ध नभई कलाकारहरू हकहितको लागि गठन गरेको सञ्चारमाध्यमलाई जानकारी दिएका छन्। स्रोतले जनाए अनुसार कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानमा आबद्ध कलाकारको उपस्थिति रहेको थिएन।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width