मुटुरोग परिक्षण शिविर

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७६
shiber photo

पोखरा, १ भदौ । संस्कृतिको मौलिकता कायम रहेको वर्तमान अवस्थामा यहाँको एक महिला समूहले भने तीज पर्वको सन्दर्भमा मुटुरोग परिक्षण शिविरको आयोजना गरेर अरुका लागि पनि अनुकरीणय वनेको छ ।

पोखरा उपमहानगरपालिका वडा नं. १७ स्थित घारीकुलो आमा समूहले रमाइलो भन्दा पनि स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर आफ्नो समूहका सदस्य एवम् समाजका अन्य विपन्न बर्गलाई लच्छित गरी मुटु रोग परीक्षण गरेको हो ।

आहार, विहार लगायत बिभिन्न कारणबाट मुटुरोग गम्भीर समस्याको रुपमा देखिएको वर्तमान अवस्थामा तीज पर्वको अवसर पारेर सचेतना एवम् मुटुरोग परीक्षण शिविर राखिएको समूहका अध्यक्ष आशा श्रेष्ठले बताइन् ।

जयन्ती मेमोरिएल ट्रष्टको प्राविधिक सहयोगमा आयोजित उक्त शिविरमा एक सय जनाको मुटुरोग परीक्षण गरिएकोमा १० जनामा समस्या देखिएको प्रतिष्ठानका पश्चिमाञ्चल क्षेत्रीय अस्पताल इकाई संयोजक सविता मैनालीले बताइन् ।

विश्वभर गरिने महिलाहरुको लागि “रातो संकेत अभियान” अन्तर्गत नेपालमा पनि विगत पाँच बर्षदेखि सञ्चालन गर्दै आएको बताउँदै उनले भनिन् – पछिल्लो समय मध्येपान, धुम्रपान तथा शारिरीक परिश्रमको अभावमा महिलामा मुटुको समस्या बढ्दै गएको एक तथ्याङ्कमा उल्लेख छ ।

शिविरमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. आशीष त्रिपाठी र डा. अमृत पाखरेलले मुटुरोग परीक्षण गरेका थिए । सो आमा समूहले गत वर्षपनि तीज पर्वको अवसर पारेर शिविर सञ्चालन गरेको आमा समूहका उपाध्यक्ष इन्दु खड्काले स्पमरण गराइन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width