फोटो फिचरः दिवंगत आफन्तलाई सम्झिदै पोखरामा गाईजात्रा मनाइयो

Suraj Hazare Dahal
श्रावण ३१, २०७६
1

पोखराका विभिन्न ठाउँमा आज दिवंगत व्यक्तिहरुको सम्झनामा गाईजात्रा निकालिएको छ । नेवारी समुदायले गत वर्षको गाईजात्रा पछि दिवंगत भएका आफ्ना आफन्तको सम्झना तथा उनीहरुको आत्माको शान्तिको कामना गर्दै यो वर्ष गाईजात्रा निकालेका हुन् । परापूर्वकालमा छोराको मृत्यु पश्चात गहिरो शोकमा परेकी आफ्नी रानीलाई सबैको मृत्यु एक दिन निश्चित छ भन्ने देखाउन राजा प्रताप मल्ले गाईजात्रा देखाउन लगाएको इतिहास छ ।

नेवारी बस्तीहरु भएका ठाउँहरु काठमाण्डू, पोखरा, पाल्पा लगायतका जिल्लाहरुमा गाईजात्रा निकाल्ने गरिन्छ । गाईजात्राकै अवसरमा आज पोखराका विद्यालयहरुमा विद्यालयले बिदा दिएको छ भने काठमाण्डू उपत्यकामा भने सार्वजनिक बिदा दिइएको छ । पोखराको न्यूरोडमा कैद गरिएका गाईजात्राका  थप तस्बिरहरु :

फाेटाे : सुरज हजारे दाहाल

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width