पोखरा, ३१ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी नेतृत्व सरकार एकदलीय निरङ्कुशता तर्फ अगाडि बढेको आरोप लगाएका छन् ।
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा महाधिवेशन प्रतिनिधिहरुका लागि गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रवार पोखरामा सम्वोधन गर्दै देउवाले भने–प्रजातन्त्रका खम्वाहरुलाई ढाल्दै केपी ओली अगाडि वढ्दै छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह निरङ्कुश बन्दा जसरी मिडियामाथि आक्रमण गरे त्यसरी नै मिडिया काउन्सिल विधेयक संसदमा पेश गरेर वर्तमान सरकार मिडियामाथि नै आक्रमण गर्दै छ, नेपाली काँग्रेसले कदापि उक्त विधेयक पास गर्न दिने छैन् ।
निरङ्कुश सरकारको पहिलो प्रहार नै प्रेस माथि हुन्छ, उनले भने मानव अधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद् र न्यायलय माथि पनि वर्तमान सरकारले आक्रमण गरेको आरोप उनको छ । वर्तमान सरकार एक पछि अर्को प्रजातन्त्रको खम्वा ढाल्दै अगाडि वढेको छ,, यस प्रति आम नागरिक सचेत हुन जरुरी छ, देउवाले भने–नेपाली काँग्रेस जहिलेसुकै स्वतन्त्रता, समानता, स्वतन्त्र न्याय र प्रजातन्त्रप्रति कटिवद्ध छ, लोकतन्त्रसँग कसैसँग सम्झौता पनि गर्दैन ।
संघीय र प्रदेशका केही निर्वाचन क्षेत्रमा मंसिरमा उपनिर्वाचन हुदै छ, पार्टीको तर्फबाट निर्वाचनकमा टिकट पाउने एउटा व्यक्ति हो, त्यो व्यक्तिलाई निर्वाचन जिताउन काँग्रेस एक भएर अगाडि वढ्नुको विकल्प छैन्, कास्की २ मा पनि उपनिर्वाचन हुने हुँदा आफ्नो उम्मेदवारलाई चुनाव जिताएर काँग्रेस एकताको सन्देश दिन देउवाले आग्रह गरे ।
निर्वाचनमा उम्मेदवारलाई असहयोग गरी हराउने अधिकार कसैलाई छैन्, दुई पार्टी एकीकरण गरी बनेको नेकपाको उम्मेदवारलाई कास्कीबाट निर्वाचन हराएर देखाउने काम गर्नुहोस् देउवाले भने– काँग्रेस उपनिर्वाचनको पक्षमा काँग्रेस छैन् भन्ने भनाई गलत हो ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपालाई दुई तिहाई मत दिएका जनता यतिवेला निरास बनेका र उनीहरुले भरोसाको केन्द्रविन्दु खोजिरहेका भननाई उनको छ । अब तीन वर्षमा नेपाली काँग्रेसलाई नयाँ ढंगबाट अगाडि वढाउन जररी छ, पौडेलले भने–काँग्रेस भित्रको कमजोरीलाई अटाएर अगाडि वढ्नु पर्छ ।
काँग्रेस गुटबन्दीले जकडिएको छ, गुटबन्दीले पार्टीलाई कमजोर बनाउछ, अवको गुटबन्दी व्यक्तिलाई बलियो हैन पार्टीलाई बलियो बनाउने हुनु पर्छ, नेता पौडेलले भने–अव आम कार्यकर्ताले देउवा र पौडेल नभनेर पार्टीलाई बलियो बनाउने तर्फ अगाडि वढ्नुहोस् ।
वीपीको सिद्धान्त बोकेको पुरानो पार्टी काँग्रेसप्रति सबैको भरोसा छ, लोकतन्त्रको बलियो आधार पनि काँग्रेसमा नै छ, काँग्रेस अनुसाशनहिन हुनु हुदैन पार्टी विधान अनुसार चल्नु पर्छ, तीन वर्षपछि चुनावको सामना गर्नु पर्ने छ, पार्टीको केन्द्रीय समितिको महाधिवेशन पछि धकेल्नु भन्दा पछि छिट्टै गर्नुपर्नेमा उनको जोड छ ।
वर्तमान सरकार भ्रष्टाचारमा लिप्त छ, ठेक्कापट्टा आफ्ना पार्टीका ठेकेदारलाई दिएका छन्, कर्मचारी सरुवा मनपरी ढंगबाट भइरहेको छ, आफ्नै पार्टीको उपभोक्ता समितिलाई ठेक्का दिने, काठमाण्डौ आउनै लागेको मेलन्चीको पानीमा कमिशनको चक्करमा काम बन्द गर्ने जस्ता काम बर्तमान सरकारबाट भएका छन् ृउनले भने ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेपाली काँग्रेस भित्र गुटबन्दी हुदा नै देशैभरी निर्वाचनमा पराजय भोग्नु परेको बताए । वर्षमा ३६४ दिन काँग्रेस र निर्वाचनका दिन आफ्नै उम्मेदवारलाई हराउन हिड्ने काँग्रेस भएपछि कसरी निर्वाचन जित्न सकिन्छ ? उनको प्श्न छ ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीबाट जुनसुकै व्यक्ति उम्मेदवार भएपनि जिताउन पार्टीका कार्यकर्ता सक्रिय हुनै पर्छ, श्रेष्ठले भने–अब गुट उपगुटले काँग्रेस चल्दैन ।
त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौलाले वर्तमान सरकार निरङ्कुश बनेको छ, एउटै पार्टीको सभामुख र उपसभामुख नहुने व्यवस्था संविधानमा हुँदाहुँदै वर्तमान सरकारले त्यो विधिलाई कुल्चेर एउटै पार्टीका सभामुख र उपसभामुख राखेको बताए । नेपाली काँग्रेसले कडा प्रतिवाद गर्न नसक्दा सरकारले प्रतिपक्षलाई पेलेर अगाडि वढेको आरोप सिटौलाको थियो ।
पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य कमता पन्त, नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पुरुषोत्तम दाहाल लगायतले आफ्नो भनाइृ राखेका थिए । उक्त प्रशिक्षण दुई दिनसम्म चल्ने छ ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१