पोखरा, ३० साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्षनेताहरु भोलि पोखरा आउने भएका छन् ।
काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा महाधिवेशन प्रतिनिधिका लागि आयोजित गण्डकी प्रदेशस्तरीय प्रशिक्षणको उद्घाटन गर्न देउवासहित शीर्षनेता पोखरा आउने भएका हुन् ।
उनीसँगै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द« निधी महामन्त्री शंशाङ्क कोइराला,कृष्ण सिटौला लगायतका नेताहरु आउने भएका छन् । कार्यक्रम कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ बिरौटास्थित बराल पार्टी प्यालेसमा बिहान साढे १० बजे सुरु हुनेछ ।
कार्यक्रम गण्डकी प्रदेशका ४ सय जनाभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता हुने काँग्रेस जिल्ला सभापति कृष्ण केसीले बताए । केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पदाधीकारीहरु पोखरा आईसकेका छन ।
गण्डकी प्रदेशका ११ जिल्लाका महाधिवेशन प्रतिनिधि पोखरा आउने क्रम शुरु भएको छ । गण्डकी प्रदेशस्तरीय प्रशिक्षणको सम्पुर्ण तयारी पुरा भएको जिल्ला सदस्य नवीन सिग्देलले वताए ।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१