युट्युबरलाई पत्रकार मान्दिनँ— स्वस्तिमा खड्का

एजेन्सी
श्रावण २९, २०७६
swastima-khadka

काठमाण्डौ, २९ साउन । अभिनेत्री स्वस्तिमा खड्का फिल्म हजार जुनीसम्मको ट्रेलर रिलिज कार्यक्रममा आफूले दिएको अभिव्यक्तिका कारण विवादमा परिन् ।

उनले पारिश्रमिकलाई लिएर दिएको अभिव्यक्तिमाथि नायिका पूजा शर्मासँग जोडिएर समाचार बने । यस विषयमा असन्तुष्टि जनाएर उनले फेसबुकमा लामो स्टाटस नै लेखिन् । यसै पेरिफेरिमा रहेर नवीन प्यासीसँग उनले अनुभव साटेकी छिन् । हजार जुनीसम्मको फिल्मको ट्रेलर रिलिज प्रोग्राममा तपाईंले दिएको अभिव्यक्तिलाई नायिका पूजा शर्मासँग तुलना गरेर आए नि ?

मैले भनेको कुराप्रति म विश्वस्त छु । मलाई नायिका पूजा शर्माले यति पारिश्रमिक लिएको भन्ने थाहा थिएन । म घर आएपछि युट्युबमा पूजा शर्मासँग जोडिएको समाचार देखेँ । पूजाले २० लाख लिएको पनि मलाई थाहा थिएन । तर, मेरो अभिव्यक्ति लगानीसँग जोडिएको थियो । मैले व्यक्त गरेको विचारप्रति मलाई पछुतो छैन । मलाई चित्त नबुझेको कुराचाहिँ युट्युबरहरू एउटा क्यामेरा र माइक बोकेर कसले के भन्छ र कन्ट्रोभर्सियल कुरा गर्छ भनेर पर्खेर बसेका हुन्छन् । म उनीहरूलाई पत्रकार भन्दिनँ ।फिल्मको ट्रेलर रिलिज प्रोग्राममा जसले मेरोबारे त्यस्तो समाचार बनाए, उनीहरु नै साइडमा बसेर हल्ला गरेका थिए ।

पत्रकारिताप्रति तपाईंको धारणा के हो त ?

पत्रकारलाई विश्वास गर्छु, तर युट्युबरलाई गर्दिनँ । दुई वर्षदेखि उहाँहरूप्रति विश्वास छैन । युट्युबरहरू पत्रकार होइनन् । उनीहरूले पत्रकारिताको संस्कृति बिगारिरहेका छन् । न्युजपेपर र युट्युबरमा न्युजपेपर एकदम अथेन्टिक लाग्छ, मलाई ।

तपाईंले पूजा शर्माबारे बोल्नुभएको थिएन भन्नुभयो । तर, पूजासँगै जोडिनुभयो नि त ?

म पूजा शर्माप्रति लक्षित थिइनँ । उहाँले राम्रो काम गरिरहनुभएको छ, यसमा शंका छैन । इमानदार दर्शकले मलाई माया नै गर्नुभएको छ । फेक दर्शकले छाडा बोल्नुहुन्छ ।

फिल्ममा आफ्नो परिचय स्थापित गर्न सफल हुनुभएको छ । तर, जति कुरा आएका छन्, तपाईंको समकालीन अभिनेत्रीसँग निकै प्रतिस्पर्धाको भावना देखियो नि ?

नायिका पूजा शर्मासँग मेरो त्यस्तो मतलब नै थिएन । हामी खासै बोल्दैनौँ पनि । मैले ३० लाख भनेको भए पुष्प आउँथ्यो होला, ५० लाख भनेको भए अनमोल आउँथ्यो होला । २० लाख भनेकाले पूजा आइन् । तर, मैले लगानी सुरक्षाको कुरा गरेकी थिएँ । २० लाख लिँदा फिल्मले कमसेकम ५० लाख कमाउनुपर्छ । मेरो घरमा पनि निर्माताहरू हुनुहुन्छ । कति कमाउँदा निर्मातालाई फाइदा हुन्छ भन्ने मलाई थाहा छ । १५–२० लाख माग्छु भने कमसेकम ५० लाख मेरो साइडबाट कमाउनुपर्छ । मैले लगानीको मात्र कुरा गरेकी थिएँ । नायिका पूजा शर्मालाई जोड्ने नियत थिएन ।प्रायः युट्युबर एउटा क्यामेरा र माइक बोकेर कसले के गर्छ र कस्तो विवादास्पद कुरा गर्छ भनेर पर्खिएर बसेका हुन्छन् । यसप्रति मलाई कत्ति चित्त बुझेको छैन । म उहाँहरूलाई पत्रकार भन्दिनँ ।

अनि तपाईं फिल्म खेल्दा पारिश्रमिकको भूमिका कस्तो हुन्छ ?

अवश्य हुन्छ । हामी दश वर्षपछाडि गइरहेका छौँ । हिरो–हिरोइनलाई पारिश्रमिकको तुलनामा सफल र असफल बनाउने । पारिश्रमिकको कुरा गर्दा मेरा लागि ठूलो कुरा होइन । मलाई राम्रो फिल्ममा लिन चाहने निर्माता हच्किन्छन् ।

तपाईं जुन तरिकाले विवादित हुनुभयो, यस्ता कुराले करिअरमा कति असर गर्छ जस्तो लाग्छ ?

पूरै असर गर्छ जस्तो त लाग्दैन । दर्शकले हेर्न जाने भनेको राम्रो फिल्म नै हो । मेरो श्रीमान् निश्चल बस्नेतकै कुरा गर्ने हो भने पनि राम्रो फिल्म भएकाले नै दर्शक गएका हुन् । बरु यस्ता कुरा बाहिर ल्याएर उहाँहरूकै मोरल डाउन हुन्छ । दर्शकले राम्रो काम हेर्न जाने हो, हल्लाको पछाडि लाग्ने होइन ।

अन्त्यमा भन्नुपर्ने कुरा केही छ ?

यो कुरा मात्र होइन, धेरै कुरा छ । मेरो बारेमा जसरी लेख्नुभयो, त्यो एउटा ठाउँमा छ । इथिकल हुनुस् भन्छु म । उहाँहरू काममा इमानदार हुनुहुन्न । मैले आफ्नो काम इमानदार भएर गर्ने हो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width