फोनिजको स्थापना दिवस : पुराना मानसिकता बदल्नुपर्छ : मेयर

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
fonij_Fotor

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सोमवार २० औं स्थापना दिवस मनाएको छ। दिवस अवसरमा आयोजित समारोहमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले देशमा राजनैतिक व्यवस्था परिवर्तन भए पनि देश सञ्चालन गर्नेहरूको मानसिकता भने अझै परिवर्तन नभएको बताएका छन्।

दिवसका अवसरमा फोनिज, गण्डकी प्रदेश समिति र कास्की जिल्ला शाखाले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै महानगर प्रमुख जिसीले नेपालको संविधानले धेरै कुरा समेटेको बताए। संविधानमा समेटिएका कुरा राज्य सञ्चालकले व्यवहारमा उतार्न नसकेको भन्दै उनले पुरानो मानसिकता परिवर्तनका लागि बाध्यकारी अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए।

संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै महानगर प्रमुख जिसीले पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवसायिक बनाउनुपर्ने आवश्यकता औंल्याए। पत्रकारिता क्षेत्रमा लागेर अझै पनि बाँच्न सक्ने अवस्था नहुनु दुःखदायी भएको बताउँदै उनले पत्रकारले विकल्प खोज्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भनाइ राखे। आदिवासी जनजाति पत्रकारहरूलाई आफ्नो मातृभाषामा पत्रकारिता गर्न सुझाव दिँदै महानगर प्रमुख जिसीले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति भएको बताए।

‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक सो अन्तक्र्रियामा आफ्नो अवधारणागत प्रस्तुति राख्दै फोनिज गण्डकी प्रदेश इञ्चार्ज हुमबहादुर गुरुङले मिडियामा अझै पनि आदिवासी जनजातिका मुद्दाले उचित स्थान पाउन नसकेको बताए। संविधानमा उल्लेखित मौलिक हकको कार्यान्वयन आवश्यक रहेको भन्दै उनले सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने र निरंकुशता लाद्ने प्रयास गरेर त्यो मान्य नहुने भनाइ राखे।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले सरकारका तर्फबाट मिडिया काउन्सिल विधेयक संशोधन गर्ने प्रतिबद्धता आएकाले पत्रकारको आन्दोलन रोकिएको उल्लेख गर्दै प्रतिबद्धता कार्यान्वयन नभए पुनः पत्रकार महासंघले गर्ने आन्दोलनमा विगतमा जस्तै फोनिजको सहयोग रहने विश्वास व्यक्त गरे।

फोनिजका संस्थापक केन्द्रीय उपाध्यक्ष बालकृष्ण काउछामगरले आफूहरूले फोनिजको स्थापना गरेको पनि २० वर्ष पुगिसकेको भन्दै अब फोनिज युवा अवस्थामा प्रवेश गरेको बताए।

फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोला, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष शान्ति गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म गुरुङ, नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, फोनिज, गण्डकी प्रदेशका महासचिव रुद्र श्रीसमगर, कास्की जिल्ला कार्यवाहक अध्यक्ष दिल गुरुङ लगायतले भाषा, संस्कृति संरक्षणका लागि आदिवासी जनजाति पत्रकारहरूको कलम चल्नुपर्ने भनाइ राखे।

त्यसअघि, फोनिजको २० औं स्थापना दिवस लेखिएको केक काटिएको थियो।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width