मिडिया कप फुटसल हुने

आदर्श समाज सम्वाददाता
श्रावण २८, २०७६
jukson (2)_Fotor

पोखरामा पहिलो पटक संचारगृहहरुलाई समेटेर मिडिया कप फुटसल हुने भएको छ।

जक्सन डट कमको आयोजनामा पोखरास्थित सबै खालका आमसंचारसँग आबद्ध संचारकर्मी तथा पत्रकारबीच फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको सोमवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो।

आउँदो भदौ १० र ११ गते पोखरा गणेशटोलस्थित स्पोर्टस् क्यासलमा फुटसल हुने भएको हो। जक्शन डटकम र १६ प्रोडक्शनको आयोजनामा हुन लागेको प्रतियोगिता फुटसलको व्यावसयिक प्रवद्र्धनसँगै अन्तराष्ट्रिय स्तरका खेलाडीको उत्पादनमा जोड दिएको आयोजक संस्था जक्सन डटकमका निर्देशक अरुण गिरीले जानकारी दिए।

‘मिडिया कपको अको उद्देश्य मिडियाकर्मीहरुबीच भाइचाराको विकास गर्नु पनि हो,’ उनले भने, ‘खेलकुदले भातृत्वको विकास गर्न सबैभन्दा छिटो भूमिका खेल्न सक्छ।

प्रतियोगितामा विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, प्रस्तोता, सम्पादक, क्यामरापर्सन लगायतले सहभागिता जनाउन पाउनेछन्। जसमा ३० टिम सहभागिता रहने आयोजकको अनुमान छ।

विजेताले ३५ हजार, उपविजेताले २० हजार नगद, ट्रफी, प्रमाणपत्र र मेडल पुरस्कार पाउनेछ। उत्कृष्ट खेलाडी र अनुशासित टिमले ५ हजार, ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ। सर्वाधिक गोलकर्ताले ३ हजार र उत्कृष्ट गोलरक्षकले २ हजार ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ।

खेल प्रभावकारी बनाउन पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल प्रमोटरका रुपमा सहभागी हुने भएका छन्। यस्तै खेलका संचालन र आयोजना गर्ने क्रममा फुटसलसँग सम्बन्धित कुनै पनि समस्या परेमा सो को समाधानका लागि खेल विज्ञका रुपम रेफ्री संघ कास्कीका अध्यक्ष तथा फुटसल संघ कास्कीका उपाध्यक्ष सुशील केसीको सहयोग लिइएको गिरीले जानकारी दिएका छन्।

फुटसल प्रतियोगिताको उद्देश्यलाई अझै बढी प्रभावकारी र विस्तारित गराउन नेपाली चलचित्रका अभिनेत्री र पोखराका महिला पत्रकारबीच मैत्रीपूर्ण मिडिया भसेर्स सेलिब्रटी फुटसल प्रतियोगिताको आयोजना गर्ने गिरीले बताए।

Related News

सम्बन्धित समाचार

  • टाइगर कपको अन्तिम तयारी

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा…
  • एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    लमजुङ । मस्र्याङ्दी गाउँपालिका–६ मा आयोजित वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि सिर्जना युवा क्लब, ठूलीबेंसीले जितेको छ । फाइनलमा पुगेका…
  • माछापुच्छ्रेमा वडास्तरीय भलिबल

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा ९, सिधिङमा साविक वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाइटेडले क्लबको…
  • सहारालाई गिनिजको सहयोग

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहारारा पोखरा गोल्ड…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width