‘मुद्दाले वकील खोज्दै आउनुपर्छ’

एजेन्सी
श्रावण २८, २०७६

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले मानिसहरूमा केही गरौं भन्ने भाव, उत्साह, जाँगर, कुनै लक्ष्यमा पुग्ने मनसाय धेरै हदसम्म खत्तम भइसकेको बताएका छन्।

नेपाल कानून व्यवासायी परिषद्को २६ औं स्थापना दिवसका अवसरमा नेपाल कानून व्यावसायी परिषद् क्षेत्रीय कार्यालय पोखराले सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख कुँवरले यस्तो बताएका हुन्।

‘यस्तो जर्जर र थला परिसकेको समाजलाई उठाउनमा संसारभर कानून व्यावसायीको अत्यन्त ठूलो हात रहेको छ, त्यो मानेमा कानून व्यवसाय जस्तो सम्मानित पेसा अर्को छैन भन्ने मेरो निक्यौर्ल हो’ उनले भने, ‘त्यसैले कानून व्यवसाय भनेको समाजको समादेशक, सर्वाधिकारी, परमाधिकारी हो। तर, त्यसको कर्म राम्रो हुनुपर्छ, हुनुपदोर्रहेछ।’

प्रदेश प्रमुख कुँवरले पछिल्लो समय कानून व्यावसायमा अराजकता बढ्दै गएको बताउँदै यो व्यावसायलाई मर्यादित बनाउन कानून व्यवसायी आफैं इमान्दार हुनुपर्ने सुनाए। ‘अहिले कानून व्यावसायीलाई खिसिटिउरी गर्ने दिन आइसकेको छ। सुन्दै अति दर्दनाक लाग्ने, विचौलिया के–के शब्द प्रयोग भइरहेको छ यो दुःखद कुरा हो’ उनले भने, ‘मुद्दाले वकील खोज्दै आउनुर्छ, वकीलले मुद्दा खोज्दै जानु हुँदैन। त्यो बानी परेमा क्षमतामा अभिवृद्धि हुँदैन। पैसा आउँछ, व्यावसायिकता आउँदैन। यी सबै कुरा सोच्न सकियो भने व्यावसायिकता आफैमा प्रष्फुटित हुन्छ, आफैंमा पुष्पित र पल्लवित हुन्छ।’

प्रदेश प्रमुख कुँवरले व्यावसायिता सँगैसँगै मर्यादापूर्वक लिएर जाने व्यवसायीले मात्रै त्यो व्यवसायको मान राख्ने बताए। ‘व्यावसायिकता पछाडि छाडेर एउटा व्यवसायी धेरै माथि पुग्न सक्दैन। जसले मर्यादापूर्वक व्यवसाय गर्छ, उसले त्यो व्यवसाय छाडे पनि उसको कर्मको कदर हुन्छ र अरुले अनुकरणको रूपमा लिन्छ’ प्रदेश प्रमुख कुँवरले भने।

कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र थापामगर, गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता राजेन्द्र घिमिरे, नेपाल कानून व्यवसायी परिषद्का पार्षद् मोहन कोइरालालगायतले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width