२५ हजार रुपैयाँ एकमुष्ट हात पर्दा भावविह्वल

आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७६
Santamaya 1

लमजुङ,२७ साउन । लमजुङमा एक विपन्न परिवारमा जन्मे हुर्केर ४५ वर्षको उमेरसम्म पनि एकमुष्ट रकम हातमा लिन नपाएकी एक महिला सो रकम हातपर्दा भावविह्वल भएकी छन् । उनी लमजुङको उत्तरी क्षेत्रमा पर्ने मस्र्याङ्दी गाउँपालिका– ३ को थाकन गाउँकी सन्तमाया परियार हुन् ।

सन्तमायाका छ सन्तान छन् । तीमध्ये चार जना सुस्त मनःस्थिति सहित अपाङ्ग अवस्थाका छन् । ४० वर्षीय श्रीमान् बुद्धिप्रसादको पनि जागिर छैन । ज्याला मजदुरी गरेर जहान केटाकेटीको पालन पोषण गर्ने गरेककी छन् सन्तमाया । छोराछोरीको अवस्था देखेर श्रीमान्ले समेत २, ४ सय पैसा भेट्नासाथ जाड, रक्सी खाएर उडाइदिने र झनै पीडा दिने गरेका कारणले सन्तमायाले आजसम्म त्यतिका धेरै पैसा एकमुष्ट रुपैयाँ आफ्नो भनेर लिन नपाएको बताइन् ।

सो रकम आफ्नो हो भनेर हातमा लिन पाउँदा उनका औंलाहरू कापी रहेका थिए, त्यो खुशी र हर्षले उनका आँखा टिलपिल देखिन्थे । सोमबार सन्तमाया र उनको परिवारलाई सहयोग गर्नका लागि पोखराका पाँच जना व्यवसायी मिलेर एक मुष्ट रकम २५ हजार रुपैया आपसबाट संकलन गरी जिल्ला प्रशासन कार्यालय लमजुङमा आएर सन्तमायालाई प्रदान गरेका हुन् । उक्त रकम हातमा पाए पछि सन्तमाया भाव विह्वल भएकी हुन् ।

सन्तमायाका पूर्ण अशक्त दुई छोरीलाई प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई सहितको टोलीले शनिबार घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेको थियो । उक्त समाचार आदर्श समाज लगयतका सञ्चारमाध्यममा आएको थाहा पाएर लमजुङ घुम्न आएका पोखराका पाँच व्यावसायी बन्धुहरूले लमजुङ आएको मौकाको सदुपयोग गर्दै सो रकमले पनि उनीहरूको परिवारमा सहयोग गरेको दाता मध्येका विकास लामिछानेले बताए । उनका अनुसार आफ्ना व्यावसायी साथीहरू मनोज परियार, विश्व सुवेदी, भरत परियार र वसन्त गिरीले सल्लाह र सहमतिमा सो रकम प्रदान गरिएको हो ।

अनपढ सन्तमायालाई ‘तपाईको जग्गा जमिन कति छ होला ? जग्गाको उब्जनीले खान पुग्छ ?’ भन्ने जिज्ञासा राख्दा उनले भनिन् ‘३० पाथी धान र १० पाथी कोदो फल्ने खेत बारी छ, सो जग्गा देवरको समेत हो ।’ अविवाहित देवर आफ्नै साथमा बस्ने गरेको उनले जानकारी दिइन् ।

लामिछानेको टोलीले प्रजिअ डा. डिजन भट्टराईको कार्यकक्षमा मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, सोही वडाका अध्यक्ष प्रेम बस्नेत, नेपाल प्रहरीका प्रनाऊ रविन्द्रमान गुरुङ तथा जिल्ला स्थित सञ्चारकर्मीहरूलगायतको रोहबरमा सो रकम सन्तामायालाई हस्तान्तरण गरिएको हो । आफूहरूको सानो सहयोगले उनीहरूको जीवनमा दुई चार दिन भने पनि खुशी दिन सकोस् भन्ने उद्देश्यले सहयोग गरेको लामिछानेले बताए ।

सो अवसरमा मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले नागरिकताको अभावमा दाताहरूलाई सहयोग गर्न खोज्नेहरूलाई अवसर नमिलिरहेको अवस्था थियो र नागरिकता दिऔं भन्नेमा हामी लाग्यौं, यस्तो सहयोगतर्फ हाम्रो ध्यान गएको थिएन । यो पनि हुने देखियो यसका लागि सहयोगी महानुभावहरू बधाईका पात्र हुनु भएको छ गुरुङले भने । उनले सन्तमायाका श्रीमान्लाई कुनै न कुनै जागिर दिने बारेमा गाउँपालिकाको सोच बनाएको जानकारी दिए ।

प्रजिअ भट्राईले मनकारी व्यक्तिहरूको सहयोगले सन्तमायाको पारिवारिक जीवनमा केही दिन भने पनि हासो ल्याउने र यस्ता हातहरू जोडिदै जाँदा उनहरूको जीवन सबै खुशी हुनसक्ने आफूलाई लागेको बताए । सहयोगप्रति कृतज्ञता अपर्ण गर्र्दै प्रजिअ भट्टराईले नागरिकता वितरण आफ्नो दैनिक गर्ने काम भएको हुँदा यसमा ठूलो काम गरेको जस्तो त लागेको थिएन तर पनि ती नानीहरू यहाँ आउन नसकेको कारण २६ र २२ वर्षको उमेरसम्म नागरिकता नपाएको अवस्थामा घरमा गएर नगरिकता दिने काम गरिएको हो । त्यो पनि राम्रो गरिएछ भन्ने अनुभूति भएको प्रजिअ भट्टराईले बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width