भ्रष्टाचार बिरुद्ध नागरिक अभियान सुरु

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
Vrastachar

लमजुङ, २६ साउन । लमजुङमा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान शुरु गरिएको छ । सुन्दरबजार नगरपालिकामा ‘सुशासन तथा नागरिक चेतना बिषयक अन्तरक्रिया कार्य कार्यक्रममाफत भ्रष्टाचार बिरुद्धको नागरिक अभियान थालिएको हो ।

लायन्स क्लब अफ सुन्दरबजारको आयोजना र मातृभूमि बहुमुखी क्याम्पस सुन्दरबजार, चेम्बर अफ कमर्सको सह आयोजनामा उक्त कार्यक्रम गरिएको हो । ‘सुशासन तथा नागरिक चेतना बिषयक अन्तरक्रिया कार्यक्रम’का कार्यक्रम प्रस्तोता अधिवक्ता सुदर्शन जोशीले मुलुकमा भ्रष्टाचार बढ्नुको कारण तथा समाधानका उपायबारे एक कार्यपत्र प्रस्तुत गर्दै मुलुकमा के कस्ता भ्रष्टाचार हुने गरेका छन् भन्ने केही उदाहरण सहितको जानकारी दिए ।

उनले सार्वजनिक पद धारण गर्नेहरू जिम्मेवार, जवाफदेही, पारदर्शी र जनमुखी हुन नसक्नुले मुलुकमा भ्रष्टाचार बढेको बताए । उनले आम नागरिकहरूले पनि आफ्नो सार्वजनिक सरोकारको कुनै पनि बिषयमा सुचना माग्ने र पाउने अधिकार सुरक्षित छ भन्ने बारेमा जानकारी नहुँदा र जानकारी हुनेले पनि त्यसको कार्यान्वयन नगर्दा मुलुकमा अनियमितता र भ्रष्टाचारले मौलाउने अवसर पाएको हो भन्ने ठोकुवा गरेका थिए ।

लायन्स क्लब अफ सुन्दरबजारका अध्यक्ष बिष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उनले सुशासनको अभियान पहिले आफूबाटै थालनी गर्नुपर्ने धारणा राखे । नागरिकलाई सचेत बनाउदै अभियान अगाडि बढाउनमा आफू सदा सक्रिय रहने प्रतिवद्धता उनले व्यक्त गरे । उनले यस कार्यमा लाग्न र त्यसमा सबैको साथ सहयोग र समर्थनको आवश्यकता भएको औल्याए ।

साहित्यकार एवम् समाजसेवी चिती निवासी ज्ञानसाली पन्तले आफ्नो ३४ बर्षको सरकारी जागिरको क्रममा एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र आफू सदैव भ्रष्टाचार बिरुद्धमा रहेको प्रष्ट्याएका थिए । मातृभूमि क्याम्पसका सहायक प्रमुख बालकृष्ण अधिकारीले भ्रष्टाचार नियन्त्रणका लागि नागरिक सबैले आआफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्ने बताए । समाजसेवी भूमिनन्द तिमिल्सिनाले भ्रष्टाचार बिरुद्ध आवाज उठाउदा आफू एक्लै हुने गरेको तीतो अनुभव सुनाउँदै सबैको साथ मिले भ्रष्टाचार बिरुद्धको अभियानमा आवश्यक गरे नेतृत्व समेत निर्वाह गरेर सक्रियता साथ अघि बढ्ने बताए ।

लायन्स क्लब अफ सुन्दरबजारका प्रथम उपाध्यक्ष ज्ञानेन्द्र शर्माले जब नागरिक सचेत भए भ्रष्टाचार बिरुद्धको अभियानले सफलता प्राप्त गर्ने बताए । उनले हाम्रो सक्रियाताले भ्रष्टाचारको अन्त्य हुन्छ । कार्यक्रममा बुद्ध कम्युटरका प्रो. प्रमोद अधिकारी, सुन्दरबजार रेडक्रस कार्यवाहक अध्यक्ष सावित्री जोशीसहितले आआफ्नो धारणा राख्दै भ्रष्टाचार मुलुक र विकासको शत्रु भएको हुँदा यसको जरो किलो उखेल्नु पर्ने धारणा राखे ।

यसैबीच, सुन्दरबजार नगरपालिका– ७ स्थित मातृभूमि क्याम्पसमा प्राध्यापक तथा विद्यार्थीहरूलाई योग प्रयोगशाला तथा मनोसामाजिक परामर्श बारेमा प्रशिक्षण दिइएको छ । सोही वडाका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक सुदर्शन जोशीले प्रशिक्षण दिएका थिए ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width