पोखरा महानगरपालिका वडा ५, पस्र्याङमा सफल एग्रो उत्पादन तथा प्याकेजिङ बिक्री केन्द्र आरम्भ भएको छ।
पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुसँग महिला कार्यक्रमको सहयोगमा सफल महिला विकास केन्द्रले सो उद्योग सञ्चालन गरेको हो।
२०७४ सालमा स्थापित उक्त उद्योगमा हाल १ सय २० जना महिला आवद्ध छन्। महानगरको ४ लाख र समूहमा आवद्ध सदस्यबाट संकलित ६ लाख गरी १० लाख रुपैयाँको पुँजी लगानीमा सफल एग्रो सञ्चालन भएको हो। पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले शनिवार सो उद्योग शुभारम्भ गरिन्। उनले चुलोचौकामा सीमित महिलाहरू बाहिर निस्किएर उद्यमशीलतामा लाग्नु महत्वपूर्ण भएको बताइन्। उनले उद्योग पारदर्शी ढंगले सफलतापूर्वक सञ्चालन गर्नुपर्नेमा समेत जोड दिइन्। साथै नाफामात्र नहेरी स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाई विशेष महत्व दिन उनले आग्रह गरिन्। उपप्रमुख गुरुङले महिला चुलोचौकोबाट बाहिर आउन्ुपर्छ भन्ने उद्देश्यले नै महिलासँग उपमेयर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्। वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले वडाकै शिर ठाडो हुने गरी उद्योग सञ्चालन गर्न आग्रह गर्दै उद्योगका लागि आवश्यक पर्नै सबै प्रकारका सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।
वडासदस्य उज्ज्वल खत्रीले उद्योग खोल्नुमात्र ठूलो कुरा नभएको भन्दै उद्योगलाई दीगोरुपमा सञ्चालन गर्नु चुनौती भएको बताए। उनले उद्योग खोलिसकेपछि प्रतिष्पर्धात्मक ढंगले अघि बढ्न र गुणस्तरीय समानले भरिपूर्ण बनाउन आवश्यक रहेको स्पष्ट पारे। उद्योगमा आर्थिक पारदर्शिता, सञ्चालक तथा कर्मचारीमा नम्र व्यवहार र मीठो बोली हुनुपर्नै खाँचो समेत औल्याए।
पोखरा महानगरअन्तर्गत सहकारी समिति संयोजक तेजनारायण अधिकारीले महिलाद्वारा सञ्चालित कार्यक्रम तथा उद्योगहरु अवश्य सफल हुने विश्वास व्यक्त गरे।
पस्र्याङ टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम भट्टराईले गुणस्तरीय र शुद्ध अर्गानिक सामग्री उत्पादान गर्नुपर्नेमा जोड दिए।
समितिका अध्यक्ष सृजना शाहको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरकी कार्यपालिका सदस्य राधिका शाही, उद्योगकी कार्यक्रम संयोजक एवं वडा सदस्य हरिमाया विक, वडासदस्य अञ्जु केसी, प्रेमदेवी परियार, धर्मस्थली आमा समूहकी अध्यक्ष ईन्दिरा पराजुली, समाजसेवी शुभद्रा कोइराला, समिति उपाध्यक्ष धनमाया पंण्डित, उमा कोइराला, सचिव पवित्रा शर्मा लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१