महानगर प्रमुख र उपप्रमुखलाई यात्रा स्मार्ट कार्ड

एजेन्सी
श्रावण २६, २०७६
Smart card_Fotor

पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि महानगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई–टिकेटिङ लागू गर्ने भएपछि ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ।

शनिवार पोखरा महानगरका प्रमुख र उपप्रमुखलाई बैंकले यात्रा स्मार्ट कार्ड वितरण गरेको छ।

पोखरा सिम्पानीस्थित पोखरा नगर बस पार्कमा ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले महानगर प्रमुख मानबहादुर जिसी र महानगरका उप्रपमुख मञ्जुदेवी गुरुङलाई कार्ड हस्तान्तरण गरे। कार्ड हस्तान्तरणपछि प्रमुख जिसी र उपप्रमुख गुरुङले नगर बसमा यात्रा गदै कार्डमार्फत भाडा तिरेका थिए।

उक्त प्रयोजनका लागि आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वमोहन अधिकारीले जानकारी दिए। पहिलो चरणमा पोखराभित्रका स्कूल, कलेज अध्ययन गर्ने विद्यार्थीमाझ वितरण शुरु गरिएको र लगत्तै पोखरा महानगरभित्रका सम्पूर्ण वडाहरु मार्फत सो कार्ड वितरण गरिने बताइएको छ।

प्रथम चरणमा पोखरा महानगरपालिकाभित्र चल्ने करीब ८ सय सवारीसाधनमा टर्मिनल जडान गर्ने र ४ वर्षभित्र ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको अवधारणा छ।

परियोजना सञ्चालनका लागि पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रालि र पोखरा बस व्यवसायी समितिका पदाधिकारीहरुको उपस्थितिमा यसअघि नै सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ।

Related News

सम्बन्धित समाचार

  • हेरालोले सिकायो कम्पोस्ट मल बनाउन

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । हेरालो प्रतिष्ठान कास्कीले अर्चलबोट आमा समूहमा आबद्ध महिलाहरुलाई कम्पोस्ट मल बनाउने सरल विधि सिकाउँदै फोहोरमैला व्यवस्थापनबारेमा अन्तर्राष्ट्रियसमेत गरेको…
  • भाषा संघको जापानी भाषा तालिम

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । भाषा संघ नेपाल (लान) को आयोजना छैटौं जापानी भाषा शिक्षक तालिम सम्पन्न भएको छ । तालिममा पोखरामा रहेका…
  • प्रादेशिक पुनर्स्थापना केन्द्र तत्काल सञ्चालन गर्न आग्रह

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । लैंगिक हिंसा व्यवपस्थापन सल्लाहकार समिति कास्कीको बैठक आइतबार सम्पन्न भएको छ । बैठकले लंैगिक हिंसा प्रभावितहरूको लागि अल्पकालीन…
  • भद्रकाली माविलाई फुटसल उपाधि

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । मदरल्यान्ड माविले आयोजना गरेको दोस्रो मदरल्यान्ड एसइई कप फुटसल प्रतियोगिताको उपाधि भद्रकाली माविले जितेको छ । भद्रकालीले फाइनलमा…
  • धर्मसभा कास्कीमा मोक्षनाथ

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । राष्ट्रिय धर्मसभा नेपाल जिल्ला कार्य समिति कास्कीको छैठौं अधिवेशनबाट मोक्षनाथ तिमिल्सिनाको अध्यक्षतामा २६ सदसीय कार्य समिति र सल्लाहकार…

hero news full width