हिमाली सांस्कृतिक परिवारमा मेनकाजी

गण्डकी प्रदेशमा सांस्कृतिक ग्राम आवश्यक

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
KP Sir photo_Fotor

प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जि.सी.लाई उपहार प्रदान गर्दै हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ। तस्वीर : आदर्श समाज

हिमाली सांस्कृतिक परिवार, पोखराको १० औ अधिवेशनबाट अध्यक्षमा पुनः मेनकाजी गुरुङ सर्वसम्मत निर्वाचित भएका छन्।

शनिवार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापा, उपाध्यक्ष गजबहादुर गुरुङ, सचिव श्रृजन गुरुङ, कोषाध्यक्ष महादेव न्यौपाने, सह–सचिव माधव गुरुङ र सह–कोषध्यक्षमा सविन गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको हो।

सदस्यमा तोपबहादुर खत्री, सविना गुरुङ, संगीता आले, सनबहादुर गुरुङ, ईश्वरी राना, मनसुवा नेपाली, दिलु गुरुङ, वसन्त थापा, दीपा गुरुङ, सविना राना, नीतु गुरुङ, नीतु गुरुङ (क), युवराज गुरुङ र मीनप्रसाद गुरुङ चयन भए।

अधिवेशन शुभारम्भ गर्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्राकृतिक रुपमा मात्र नभै, पोखरा सांस्कृतिक रुपमा पनि धनी रहेको उल्लेख गरे। उनले हिमाली सांस्कृतिक परिवारले लोकसंस्कृतिकोक्षेत्रमा पुर्याएको योगदानको प्रशंसा समेत गरे। पोखरा महानगरपालिकाले ले सांस्कृतिकग्रामको अवधारणा अगाडि सारेको पनि उनले जानकारी दिए।

‘गण्डकी प्रदेशमा च्याउ उम्रेझैं होम स्टे सञ्चालित भएका छन् तर ती होम स्टेमा बूढाबूढी बाहेक युवायुवती पाइँदैन, ’ उनले भने, ‘ती होम स्टेमा कसरी संस्कृति, कला, भोषभूषा, रहनसहन बुझ्ने? ’

हिमाली सांस्कृतिक परिवारका प्रमुख संरक्षक चेतन कार्कीले गण्डकी प्रदेश सांस्कृतिक, कला, साहित्य क्षेत्रमा अरु प्रदेशभन्दा धनी रहेको उल्लेख गरे। राष्ट्रनायक पृथ्वीनारायण शाहदेखि साहित्य कलाक्षेत्रमा योगदान गर्नै भानुभक्त आचार्य, लेखनाथ पौडेल, माधव घिमिरे, जनकविकेसरी धर्मराज थापा, लोककवि अली मियाँ लगायत यसै क्षेत्रका हुन्, उनले भने, ‘लोकसंस्कृतिमा नेपालकै धनी गण्डकी प्रदेश छ। यहाँको संस्कृति संरक्षण गर्न जरुरी छ। ’

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले लोकसंस्कृति क्षेत्रमा धनी प्रदेश भए पनि त्यसको विकासमा पर्यटन बोर्डले ध्यान नदिएको बताए। उनले भने “संस्कृतिको संरक्षण विना पर्यटनको लक्ष्य पूरा हुन सक्दैन। ”

परिवारका अध्यक्ष मेनकाजी गुरुङले हिमाली सांस्कृतिक परिवारसँग देशभरीका सम्पूर्ण जातजातिका भेषभूषाको संग्रह रहेको बताए। उनले पोखरा महानगरपालिकाले छिट्टै सांस्कृतिकग्राम निर्माणमा प्रक्रिया अगाडि बढाउन आग्रह गरे।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width