महेन्द्रपुलमा गाईजात्रा महोत्सव हुने

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
gaijatra_Fotor

नेवाः खलः कास्कीको आह्वान तथा महेन्द्रपुल तायः मचा समितिको आयोजनामा पोखरामा तायःमचा नृत्य प्रतियोगिता तथा गाइजात्रा महोत्सव हुने भएको छ।

साउन ३१ र ३२ गते महेन्द्रपुलको सडकमा हुने प्रतियोगितामा ३० टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक मानकाजी माकाजुले जानकारी दिए।

उनका अनुसार यो पटक ६ वटा महिला टोलीले सहभागिता जनाउने भएका छन्। महोत्सवमा चेतनामूलक फेसन शो, लाईभ ब्याण्ड मार्फत सांगीतिक कार्यक्रम, नेवारी मौलिक नाच, विभिन्न जातिका नाच, नेवारी खानाका परिकार साथै २० वटा स्टल रहने संयोजक माकाजूले बताए।

प्रतियोगितामा विभिन्न ८ विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम हुनेले नगद ३० हजार, द्वितीयले २० हजार, तृतीयले १० हजार, सान्त्वनाले ५ हजार पुरस्कार प्राप्त गनेर्छन्।

विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट ख्याली, बाद्यबादक, उत्कृष्ट परी र उत्कृष्ट जोक्करले २ हजार ५ सय पुरस्कार प्राप्त गनेर्छन्।

सहभागि महिला टोलीहरुमध्ये प्रोत्साहन स्वरुप एकलाई उत्कृष्ट घोषणा गरी १५ हजार पुरस्कार प्रदान गरिने छ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जसरी तीज सबैको पर्व भएझैं गाइजात्रा पर्व पनि सबैको भएको बताए। परम्परादेखि चल्दै आएको संस्कृति बचाउन महोत्सवको आवश्यकता परेको उनको भनाइ थियो।

नेवाः खल कास्कीले २०५४ सालदेखि व्यवस्थित रुपमा तायःमचा नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ। साँघुमुख टोल विकास संस्थाका अध्यक्ष ओमलाल बड्गामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तायमचा समितिका सचिव विकल साईले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width