हाजिरीजवाफमा पुष्पसदन प्रथम

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७६
puspa sadan_Fotor

नेशनल प्याव्सान कास्कीको आयोजनामा भएको १५ औं अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा पुष्पसदन एकेडेमी प्रथम भएको छ।

प्रतियोगितामा त्रिवेणी पब्लिक सेकेण्डरी स्कूल द्वितीय, ज्ञानज्योति बोर्डिङ स्कूल तृतीय र डायमण्ड मोडल स्कूल सान्त्वना भएका थिए। विजयी विद्यार्थीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नै उद्देश्यले नेशनल प्याव्सान कास्कीमा आवद्ध विद्यालयबीच सो जवाफ प्रतियोगिता आयोजना गरिएको हो। दुई दिनसम्म चलेको प्रतियोगितामा ४१ वटा विद्यालयको सहभागिता थियो।

प्रतियोगितामा प्रकाश कँलेल, विचित्र न्यौपाने, प्रकाश तिवारी र ऋषिकेश श्रेष्ठले सहजीकरण गरेका थिए।

प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले पढाइ अलावा अतिरिक्त क्रियाकलाप सञ्चालन गरी विद्यार्थीमो क्षमता अभिवृद्धि गर्नै काममा एनप्याव्सान अग्रस्थानमा रहेको बताए।

कार्यक्रममा नेशनल प्याव्सानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, नेशनल प्याव्सान कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारी, सदस्य रमेशराज पौडेलले कार्यक्रम माथि प्रकाश पारेका थिए।

नेशनल प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक विक्रम सुवेदीले स्वागत र सदस्य अर्जुन अधिकारीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width