लेखनाथ, २५ साउन । पर्यटकीय दृष्टिकोणले प्रचुर संभावना भएपनि पर्याप्त पूर्वाधारको अभावले पछाडि परेको वेगनास ताल वरपर पर्यटक आकर्षण गर्न हरेक महिनाको पहिलो दिन साँझ आरित गरिने भएको छ ।
वेगनासलाई धार्मिक पर्यटकीय क्षेत्रमा समेत अगाडि वढाउने उद्देश्यले हरेक महिनाको पहिलो दिन अर्थात एक गते साँझमा आरती गरिने भएको हो । पोखराको फेवातालमा पनि एक वर्षदेखि प्रत्येक दिन साँझ आरती गरिदै आइएको छ ।
स्थानीयको भेलाले शाकाहारी समाज पोखरा महानगरको संयोजकत्वमा आरति तदर्थ समिति घोषणा गरिने र उक्त समितिले महिनाको पहिलो दिन आरति गर्ने छ । शाकाहारी समाज पोखरा महानगर अध्यक्ष राममणि अधिकारीले वेगनास क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन तथा पुर्वीय मूल्य र मान्यताको संरक्षण गर्ने उद्देश्यले ताल किनारमा आरति संचालन गर्न लागेको जानकारी दिए ।
उनले भने पोखराको फेवा किनार, विन्ध्यवासिनी, ढुंगेसांघु र गुप्तेश्वरमा गरिदै आएकोमा महाआरती अब देखि वेगनास किनारमा पनि हुनेछ।केही समय अगाडी भारतको वनारसबाट आएका हिन्दु धर्मावलम्बीहरुलाई वेगनास किनारमा महाआरति गर्ने व्यबस्था मिलाएको वेगनास युवा क्लबले अब निरंतरताको लागि सम्पुर्ण सहयोग गर्ने क्लबका अध्यक्ष राम रानाभाटले जानकारी दिएका छन् ।
त्यस्तै पोखरा –३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले धार्मिक पर्यटन प्रवद्र्धन गर्न आफू र वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पूर्वीय मूल्य मान्यता र यस क्षेत्रको धार्मिक विकासमा सहयोग पुग्ने महाआरतीलाई पोखरा महानगर र वडाबाट आफुले सहयोग वडा नं ३१ का बडाध्यक्ष कमलबहादुर थापाले बताएका हुन्। केही दिनमा समिति गठन गर्ने र लगत्तै भदौ १ गते देखि आरती शुरु हुने शाकाहारी समाजका कृष्ण प्रसाद ढुङ्गानाले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
पोखरामा बोलबम सुरु, धार्मिक पर्यटनमा टेवा
सांग्रिला होटल संस्थापक पाण्डेको निधन
कोरोनाले फेरिएको ढिकीडाँडा
पोखरामा बोलबम पदयात्राको तयारी पूरा, साउनका चारै सोमबार हुने
hero news full width
मुख्य समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१