नारायणी नदीमा महिलाको शव फेला

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७६
river-duber-nadi-water-narayani

नवलपरासी, २५ साउन । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १ केउरानी स्थित नारायणी नदी किनारमा एक जनाको शव फेला परेको छ ।इलाका प्रहरी कार्यालय रजहरका अनुसार अन्दाजी ४० बर्षकी महिलाको शव फेला परेको हो ।

महिलाको शव शल्य परीक्षणका लागि जिल्ला अस्पताल चितवन पठाइएको छ । गोरो वर्णकी पहेंलो कुर्ता, बाया हातमा मेहेन्दी, दुवै खुट्टामा पाउजु, कानमा टप, बायाँ हातको औलामा औठी, हातखुट्टाको नङ पोलिस लगाएकी र कपाल कालो भएकी महिलाको शनाखत हुन नसकेको प्रहरीले जनाकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width