कास्की कारागारमा कानूनी परामर्श

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७६
kaski-karagar

पोखरा, २५ साउन । उच्च अदालत वार एशोशिएसन पोखराले जिल्ला कारागार कार्यालय कास्की भित्र रहेका थुनुवा तथा कैदीहरुलाई कानूनी परामर्श दिएको छ ।

कैदी–बन्दीका समस्या बुझ्न र परिवर्तित कानूनको वारेमा कानूनी परामर्श गर्ने उद्देश्यले कारागार कार्यालय कास्कीमा एक दिने कानूनी परामर्श दिइएको हो । कास्की कारागारका ३५० जना थुनुवा तथा कैदीहरुलाई उक्त परामर्श दियएको हो ।

उनीहरुका गुनासामा अदालतबाट आउनु पर्ने कागजातहरु मौकामा पाउन कठिन भएको, कैद हदका बारेमा एकरुपता नभएको, माफी मिनाहाका बिषय, मुद्दा फैसला ढिलो हुने बिषय,कानून ब्यबसायीहरुसँग आफुले चाहेको बखत भेटघाट गर्न नपाउने, निर्दोष मानिसलाई अभियोग लागेको र सही अनुसन्धान नभएर अभियोगपत्र जादा बेकसुुरदारले सजाय भोग्नु परेको बिषय लगायतका समस्या राखेका थिए ।

उक्त कार्यक्रमको सहजीकरण उच्च अदालत वार एशोसिएशन पोखराका अध्यक्ष एबं अधिबक्ता रोहितराज बास्तोला, वारका उपाध्यक्ष अधिबक्ता उत्तम केसी, कानूनी सहायता समितिका संयोजक अधिबक्ता रघुनाथ अधिकारीले गरेका थिए ।

उच्च अदालत बार एशोसिएसनका अध्यक्ष रोहित राज बास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्षले कार्यक्रमको उद्देश्य माथिप्रकाश पारेका थिए । वारका सहसचिब मिना कुमारी रानाभाटले सन्चालन गरेको सो कार्यक्रममा स्वागत बि ब्लकका नाइके कुमार गुरुङ लक्षुले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width