अर्को महीना श्रीलंकामा आयोजना हुने एसीसी १९ वर्षमुनि (यू–१९) एशिया कप खेल्ने नेपाली युवा टोलीको प्रशिक्षण विहीवारदेखि शुरु भएको छ। काठमाडौँमा उपलब्ध १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरिएको हो।
एक महिना अघिमात्र मलेसियामा सम्पन्न एसिसी इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि हासिल गरेर नेपालले एशिया कपमा स्थान बनाएको थियो। नेपाली युवा टोलीको औपचारिक प्रशिक्षण भने यही साउन २७ गतेदेखि मात्र शुरु हुने नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले बताएका छन्।
दासले एसीसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण शुरु गर्ने स्वीकृति दिएकाले सोही समयमा औपचारिक प्रशिक्षण शुरु गर्ने बताए। यसअघि साउन २१ देखि प्रशिक्षण गर्ने भनिएता पनि एशियन क्रिकेट काउन्सिल (एसिसी) बाट बजेट स्वीकृति नहुँदा प्रशिक्षण प्रभावित बन्न पुगेको थियो। एसिसी इस्र्टन रिजन च्याम्पियनसिपका लागि छनोटमा परेका खेलाडीमध्येबाटै २४ जनालाई विशेष प्रशिक्षणमा बोलाइने प्रशिक्षक दासको भनाइ छ।
आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसीसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित ८ टोली सहभागी हुनेछन्। जसमा नेपाल, भारत, पाकिस्तान श्रीलंका, बंगलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेतले प्रतिस्पर्धा गनेर्छन्।
गत असारमा मलेसियामा सम्पन्न इस्टर्न रिजन च्याम्पियनसीपमा नेपालले फाइनल खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै एशिया कपको यात्रा तय गरेको थियो।
Related News
सम्बन्धित समाचार
एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा
माछापुच्छ्रेमा वडास्तरीय भलिबल
सहारालाई गिनिजको सहयोग
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१