विगत केही दिनदेखि लगातार मूल्य आकासिएपछि सुनको भाउ नेपालको इतिहासमै उच्चतम विन्दुमा पुगेको छ। वुधवार प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा बिक्री भएको सुन विहीवार बढेर ७० हजार पुगेको हो। तेजावी सुन पनि प्रतितोल ६९ हजार ७ सय रुपैयाँ पुगेको छ।
यसकारण अहिले सुनको व्यापार उल्टोजस्तो बन्न पुगेको छ। उपभोक्ता आफूसँग भएको सुन बेच्न चाहिरहेका छन् भने व्यापारीले महँगो सुन लिन मानेका छैनन्। सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यवाहक अध्यक्ष भविन्द्र विश्वकर्माले सुनको कारोबार अहिले करिब ठप्प भएको प्रतिक्रिया दिए। सुनचाँदी व्यवसायी महासंघले विहीवार छापावाल सुनको मूल्य ७० हजार रुपैयाँ तोकेको हो। सुनको मूल्य पछिल्लो २ दिनमै २ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ। मंगलवार सुनको कारोबार प्रतितोला ६८ हजार रुपैयाँमा गरिएको थियो।
सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यवाहक अध्यक्ष भविन्द्र विश्वकर्मा भन्छन्, अमेरिकाले इराकमा हमला गर्न सक्ने त्रास र चीन–अमेरिका व्यापारिक तनावले सुनको मूल्यमा नयाँ कीर्तिमान।
पछिल्लो एक सातामा सुनको मूल्य साढे ४ हजार रुपैयाँभन्दा धेरै बढेको छ। अमेरिकाले इराकमा हमाल गर्न सक्ने त्रास र चीन–अमेरिका व्यापारिक तनावले सुनको मूल्यले नयाँ कीर्तिमान राख्न पुगेको विशाल सुनचाँदी दोकानका संचालक समेत रहेका अध्यक्ष विश्वकर्माले सुनाए। विभिन्न अन्तराष्ट्रिय तनावका कारण अमेरिकी डलरको भाउ घट्न सक्ने त्रासका कारण सुरक्षित लगानीका लागि उपभोक्ता सुनतर्फ आकर्षित हुँदा मूल्य बढ्न पुगेको उनले बताए।
यसैगरी, अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएको र त्यस्तो ब्याजदर शून्य दशलमव २५ प्रतिशतले घटेका कारण सुन बजारमा असर परेको केन्द्रिय महासंघको भनाइ छ। ब्याजदर घटेसँगै लगानीकर्ता सुन लगानीमा मोडिँदा बजारमा सुनको भाउ बढ्न पुगेको बताइएको छ। शक्ति राष्ट्रबीच हुने अन्य तनावले समेत सुनको भाउ बढाउन मद्दत पुगेको बताउने गरिएको छ। अमेरिकी डलरको विनियम दर र सुनको मूल्यमा उल्टो सम्बन्ध हुने गरेको छ। यसको अर्थ विश्वबजारमा डलर भाउ महँगिएर मजबुद स्थितिमा रहँदा सुनको भाउ कम हुन्छ। सुनमा लगानी गर्ने सबैभन्दा उत्तम समय भनेको सुनको माग बढ्ने र डलरको भाउमा गिरावट आउने समय नै हो। शेयर बजारमा सुस्ती देखिँदा समेत सुनको भाउ बढ्ने गरेको छ। तर नेपालको शेयर बजारले यस्तो मामलामा खासै भूमिका खेल्ने गरेको पाइँदैन। स्थानीय माग र पछिल्लो कश्मिर तनावले समेत मूल्य बढ्नुमा भूमिका खेलेको कतिपय व्यापारीको भनाइ छ।
सामान्य अवस्थामा नेपालमा दैनिक २५ देखि ३० किलोसम्म सुनको बिक्री हुने गरेको बताइन्छ। तर अहिले भने दैनिक १० किलोको हाराहारीमा मात्र बिक्री भइरहेको र यसरी माग घट्दा पनि बजारभाउ चाहिँ बढिरहेको छ। २०६६ सालदेखि बैंकहरुमार्फत् मात्र व्यवसायीहरूले सुन किन्दै आएका छन्। हाल बैंकहरूले दैनिक २० किलोका दरले व्यवसायीलाई सुन बिक्री गर्ने गरेका छन्। बजारमा सुन किन्नेभन्दा बेच्नेको चाप बढ्न थालेपछि पछि भाउमा गिरावट आउने डरले व्यवसायीहरुले किन्न नमान्ने गरेको ग्राहक बताउँछन्। गत आर्थिक वर्षमा ३९ अर्ब रुपैयाँको ७ हजार ४ सय ५० किलो सुन आयात भएको तथ्यांकमा देखिएको छ। गत वर्ष अघिल्लो वर्षको तुलनामा १ सय ९० किलो बढी सुन आयात भएको थियो।
वार्षिक रुपमा ५० अर्बको सुनको कारोबार हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिएका छन्। यसबाट करिब १३ अर्ब राजस्व सरकारलाई प्राप्त हुने गरेको महासंघको भनाइ छ। बाइस हजारभन्दा बढी व्यवसायी सुनचाँदी कारोबारमा संलग्न छन्। यसमा करिब २ लाख कामदार तथा कालिगढले प्रत्यक्ष तथा अपत्यक्ष रुपमा रोजगारी पाइरहेको महासंघको भनाइ छ। सबैभन्दा बढी सुन दुबईबाट आउने गरेको छ। अहिले २२ वटा वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्।
Related News
सम्बन्धित समाचार
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१