डिभिजन वन कार्यलय तनहुँ पुरस्कृत

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७६
67664483_10220076984784363_4468242249704013824_o

पोखरा, २३ साउन । वन व्यवस्थापन र संरक्षणमा उत्कृष्ट कार्य गरेकोभन्दै डिभिजन वन कार्यलय तनहुँलाई पुरस्कृत गरिएको छ ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल ,सचिव विष्णुप्रसाद भण्डारी र वन निर्देशक प्रकाश लम्सालले प्रदेश स्तरीय समीक्षा गोष्ठीमा नगद पुरस्कार र प्रमाणपत्रद्वारा पुरस्कृत गरेका हुन् ।

डिभिजन वन कार्यलय तनहुँले आर्थिक वर्ष २०७५/७६ मा करीब ४ लाख बिरुवा वितरण गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार वरालले वताए । डिभिजन वन नर्सरी २ लाख ६३ हजार,सव डिभिजन वन कार्यलय म्याग्दे गाँउपालिकामा ७२ हजार ,भिमादनगरपालिकामा १ लाख,शुक्लागण्डकी नगरपालिकामा ५० हजार,विमलनगरमा ५० हजार,भानुनगरपालिका र देवघाट गाउँपालिकामा ५० हजारका विभिन्न जातजातिका विरुवाहरु उत्पादन गरिएको डिभिजन वन कार्यलय तनहुँका सहायक डिभिजन वन अधिकृत वावुराम उप्रेतीले बताए ।

संघीय सरकारको सहयोगमा १ लाख२० हजार,प्रदेश सरकारको सहयोगमा १ लाख३४ हजार र जल विद्युत आयोजनाको सहयोगमा ४ लाख बिरुवा उत्पादन गरिएको थियो

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width