अदालतद्धारा घरधनीहरुको पक्षमा फैसला

आदर्श समाज सम्वाददाता
श्रावण २३, २०७६
sadak

बुटवल २३ साउन । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क चिडियाखोला सडक बिस्तारको काम तत्काल अगाडी नबढ्ने भएको छ ।

बुटवल–बेलहीया व्यापारिक मार्ग सडक बिस्तार आयोजना बिरुद्ध परेको तत्काल घर नभत्काउन माग गर्दै परेको रिट निवेदनप्रति बुधबार अन्तिम सुनुवाई गर्दै उच्च अदालत तुल्सीपूर बुटवल इजलासले घरधनीहरुले माग गरेको अन्तरिम आदेश बमोजिम घरधनीहरुको पक्षमा निर्णय गरेको हो ।अदालतको आदेशसँगै बुटवल बेलहीया सडक बिस्तार आयोजनाको काम तत्कालका लागि अगाडि नबढ्ने भएको छ ।

उच्च अदालत तुल्सीपूर बुटवल इजलासमा सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सडक किनाराका घर धनीहरुले तत्काल घर भत्काउने कार्य रोक्न अन्तरिम आदेशको माग गर्दै बुटवल–बेलहीया व्यापारीक मार्ग बिस्तार आयोजना बिरुद्ध परेको रिट निवेदन उपर बुधबार सुनुवाई भएको हो ।

उक्त रिटमाथी उच्च अदालत तुल्सीपूर बुटवल इजलासका मुख्य न्यायधीश अदालतका न्यायधीश शेषनाथ सिवाकोटी र दयानाथ खरेलको इजालसले मुआब्जाकालागि परेका निवेदन अधिकार प्राप्त निकाय जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा पेश गरी व्यक्तिको स्वामित्व र क्षतिपुर्ती सम्बन्धमा कानून सम्मत न्यायोचित निर्णय गरी आवश्यक निकासा नभएसम्मका लागि यस्तो फैसाला गरेको हो । जसमा त्यतिवेला सम्म निवेदकहरुको घर भत्काउन र घरले चर्चेको जग्गा नियन्त्रणमा लिने काम कार्वाही नगर्न नगराउन बिपक्षीका नाउमा निषेधाज्ञा जारी हुने ठहर गरेको हो ।

बुटवल–बेलहीया व्यापारीक मार्ग बिस्तार आयोजनाले सडक सिमा भित्र पर्ने घर टहराहरु भत्काउन सूचना जारी गरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सडक किनाराका घर धनीहरुले तत्काल घर भत्काउने कार्य रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत गएका थिए । सडक विस्तारबाट प्रभावितमध्ये नारायणीदेवी प्रधान, चोपनारायण श्रेष्ठसहित ३८ जनाले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सडक कार्यालयले कानूनी प्रक्रिया पुरा नगरी घर भत्काउन लागेको भन्दै रिट दायर गरेका थिए।बुटवल वेलहिया सडक विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मिक्षले अदालततको आदेश आफुहरुले सम्मान गर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width