फिल्म छनोटमा केकीको हेलचेक्राइ 

एजेन्सी
श्रावण २३, २०७६
keki adhikari (filmykhabar-01) (2)(1)

काठमाण्डौ, २३ साउन । नेपाली फिल्म क्षेत्रमा केकी अधिकारी बौद्धिक अभिनेत्रीको रुपमा चिनिएकी छन् । उनको सुन्दरता, बौद्धिकता र अभिनय कलालाई दर्शकले निकै मन पराउँछन् । म्यूजिक भिडियो हुँदै फिल्ममा प्रवेश गरेकी उनले छोटो समयमा नै नेपाली फिल्ममा आफूलाई स्थापित गर्न सफल भइन् । जीवन्त अभिनयको माध्यमबाट दर्शकको मनमा विराजमान भइन् । तर, उनले आफ्नो साख जोगाइराख्न सकिनन् ।

अभिनयको पारंगत मानिने उनले संख्यात्मक अभिनयमा जोड दिँदा करिअर नै सम्हाल्न नसक्ने गरि भद्रगोल भएको छ । करिअरको उत्कर्षमा रहँदा केकीले फिल्म छनोटमा हेलचेक्राइ गरिन् जसको प्रतिफल अहिले उनले राम्रैसँग चुकाउनु परेको छ । न अहिले उनको स्टारडम जीवित छ न त डिमान्ड लोभलाग्दो छ । यद्यपि, सानातिना भए पनि उनको हातमा फिल्म टुटेका छैनन् । तर, ती फिल्म हलमा आएकोरगएकै पत्तो हुँदैन ।

फिल्म ुरातो गलबन्दी एक उदाहरण हो । यसमा केकी प्रमुख भूमिकामा छिन् । यो फिल्म गएको शुक्रबार प्रदर्शनमा आयो । तर, फिल्म हलमा लागेको र उत्रिएकै दर्शकलाई थाहा भएन । उक्त फिल्म हलमा एक शो पनि मुश्किलले चल्यो कि ? फिल्ममा केकीको अपोजिटमा अभिनेता कोशिश क्षत्री छन् । फिल्म कमजोर छ भन्ने जानेरै होला उनी प्रचारमै हिँडिनन् ।

फेसबुक लाइक्स, ट्विटर र इन्स्टाग्राममा फलोअर्स हेर्ने हो भने उनका लागि यो पारिश्रमिक निकै कम हो । तर, उनको मार्केट भ्यालुको आधारमा उक्त रकम धेरै ठूलो रहेको कतिपयको तर्क छ । ६ लाख लिएपछि उनले हलमा १२ देखि १५ लाखको दर्शक तान्न सक्नुपर्छ । तर, यस फिल्मले भित्तामा पोस्टर टाँस्नका लागि बनाएको माडको पैसा पनि उठाएन हम्मेहम्मे पर्ने देखिन्छ ।

यसरी नै पैसाका लागि फिल्म छनोटमा हेलचेक्राइ गर्दै जाने हो भने एकदिन केकी आफैं आफ्नो करिअर देखेर चुकचुकाउनु पर्ने अवस्था नआउला भन्न सकिन्न । उनी समयमै सम्हालिन आवश्यक छ । त्यसै त अभिनेत्रीको करिअर लामो हुँदैन भनिन्छ । यही शैली हो भने केकीको करिअर पनि हेर्दा हेर्दै डुब्नेमा शंका छैन । आशा गरौं, दशैंमा रिलिज हुने दीपकराज गिरी समुहको फिल्म छ माया छपक्कै ले उनको गुम्दै गएको साख फिर्ता गर्नेछ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार पोखरेल सम्मानित

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । पत्रकार सन्तोष पोखरेल सम्मानित भएका छन् । पत्रकारिता माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा रेष्टुरेन्ट एण्ड बार…
  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • फिल्म ‘ईश्वर’ प्रदर्शन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाली फिल्म ‘ईश्वर’ शुक्रबारदेखि देशभर प्रदर्शन सुरु भएको छ । राजु गिरी निर्देशित फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…

hero news full width