खानेपानी उपभोक्तालाई दुई करोड ऋण

रासस
श्रावण २२, २०७६
Dhanbad_Pani_Tanki_Construction_at_Barmasia_(C)_Soumesh_Banerjee

काभ्रेपलाञ्चोक, २२ साउन । पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय खानेपानी उपभोक्तालाई रु दुई करोडको ऋणी बनाइएको छ । आर्थिक अवस्था कमजोर भएका पाँचखालका करीब २० प्रतिशत परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो ।

पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । कूल उपभोक्ता परिवार सङ्ख्यामध्ये करीब एक हजार ४०० परिवारले उक्त रकम जम्मा गर्न नसक्ने भएपछि नपाले गत जेठ महीनामा नगरसभाबाटै पास गरी उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको थियो । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरका विभिन्न बस्तीमा खानेपानी व्यवस्थापन गर्न लागिएका हो ।

स्थानीय सहकारीले भने चलनचल्तीभन्दा न्यूनतम ब्याजदरमा खानेपानी उपभोक्तालाई ऋण प्रवाह गरेका थिए । आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाइएको नगरप्रमुख महेश खरेलले बताए। उनले भने “न्यूनतम ब्याजदरमा एक वर्षका लागि किस्ताबन्दीमा सहकारीमार्फत ऋण दिलाइयो ।” उक्त ऋण रकम उपभोक्ताले एक वर्षभित्र तिर्न नसके नपाले तिरिदिने उनले बताउदै आएका छन् ।
आयोजनाका लागि हाल रु दुई करोड उपभोक्ताले सहकारीबाट लिएको ऋण तथा आठ करोड अन्य उपभोक्तामार्फत बैंक खातामा जम्मा भएको छ । परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए । उनका अनुसार नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ ।

सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ । “बाँकी एक करोड सम्झौतापछि पनि जम्मा गर्न सकिनेछ, खानेपानी अभावले आक्रान्त पाँचखालमा जसरी पनि आयोजना सम्पन्न गर्न हरेक तरिका अपनाइयो”, लामिछानेले भने । उनका अनुसार सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर ऋण दिलाइएको हो ।

परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् । दातासँग आयोजनाको सम्झौता यही महीनाको अन्त्यसम्ममा हुने लामिछानले जानकारी दिए। सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने भएकाले तीन महीनादेखि माइकिङ तथा वडाका गाउँ–गाउँमा जागरण अभियान सञ्चालन गरिएको अध्यक्ष लामिछानेले बताए ।

आयोजनाका लागि रु १८ हजार जम्मा गर्न नसक्दा सहकारीबाट ऋण लिएर बुझाइएको एक स्थानीयवासीले बताए । उनले भने “एक वर्षका लागि ऋण लिएँ, अब विस्तारै तिर्दै जान्छु ।” पाँचखालका व्यवसायीद्वय राजकुमार श्रेष्ठ र प्रभाकर अधिकारीले भने जनही रु दुई लाख सहयोग गरेका छन् ।

स्थानीय सहकारी खानेपानी उपभोक्तालाई ऋण दिलाउन प्रतिस्पर्धामा उत्रिएका थिए । पाँचखालस्थित बिन्धवासिनी सहकारी ऋण समितिका कुमार दङ्गालले भने “हामीले खानेपानी उपभोक्तालाई सेवाभावले एक प्रतिशत सेवा शुल्क लिएर अधिकतम सहुलियत दर पाँच प्रतिशतमामा ऋण प्रवाह ग¥यौँ ।”

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width