विद्यालयलाई टंकी सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०७६
Tanki

स्याङ्जा, २२ साउन । पुतलीबजार नगरपालिका–३ स्थित लुम्बिनी विकास बैंक स्याङ्जा शाखाले सोही वडाको कुमालगाउँमा रहेको एक सामुदायिक विद्यालयलाई खानेपानी संकलन टंकी सहयोग गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत काजिमान हरिटीका माध्यमिक विद्यालयलाई खानेपानी टंकी उपलब्ध गराएकोे हो । बैंकका अध्यक्ष सुशीलराज पराजुलीले विद्यालयका प्रधानाध्यापक ओमप्रकश शर्मालाई बुधवार १ हजार ५ सय लीटर क्षमताको खानेपानी टंकी हस्तान्तरण गरेका हुन । हस्तान्तर गर्दै अध्यक्ष पराजुलीले सदरमुकाममा रहेर पनि ओझेलमा परेकोे यस विद्यालयका शैक्षिक सुधारका लागि बैंकले आगामी दिनमा पनि सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रधानाध्यापक ओमप्रकाश शर्माले टंकी उपलब्धतासंगै यहाँ अध्ययरत विद्यार्थीलाई स्वच्छ खानेपानीको सहजै आपूर्ति भएको बताए । कुमालगाउँमा अवस्थित सो विद्यालयमा विपन्न परिवारका कुमाल जातीका बालबालिका अध्ययरत छन । कार्यक्रममा शाखा प्रवन्धक टंकप्रसाद ढकाल विद्यालयका शैक्षिक पूर्वाधार निर्माणका लागि यस्ता खाले रचनात्मक अन्य सहयोग पनि जारी रहने बताए ।

Related News

सम्बन्धित समाचार

  • ओलम्पिक डे अवसरमा माउन्ट अन्नपूर्णमा विविध प्रतियोगिता

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । ओलम्पिक डे अवसरमा माउन्ट अन्नपूर्ण मावि, नदीपुरले विविध प्रतियोगिता गर्ने भएको छ । असार ८ र ९ मा…
  • सृजना माविमा समर मेला

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । सृजना सेकेन्डरी स्कुल, सृजनाचोकमा सृजना समर मेला सम्पन्न भएको छ । गत वर्ष एसइईमा सम्मिलित विद्यार्थीले शैक्षिक वृद्धि,…
  • पश्चिमाञ्चलमा ‘फुड फेस्टिभल’

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । वर्षभरिको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बाहिर ल्याउने गरी पश्चिमाञ्चल माविले शनिबार फुड फेस्टिभल आयोजना गरेको छ । कक्षा…
  • पोखरा इन्जिनियरिङ कलेजमा यन्त्र फेस्टिभल

    आदर्श समाज सम्वाददाता असार २, २०८१
    पोखरा । पोखरा इन्जिनियरिङ कलेज स्ववियु आयोजनामा यन्त्र इन्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिबल सुरु भयो । २ दिनसम्म चल्ने यन्त्र फेस्टिभलमा…
  • अक्सफोर्डमा हाजिरीजवाफ सम्पन्न

    आदर्श समाज सम्वाददाता असार १, २०८१
    पोखरा । पोखरा १३, बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा हरियो सदनबाट गौरव आचार्य, मोहम्मद…

hero news full width