पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७६
sibir a

बुटवल,२० साउन । पहिरो प्रभावित गुल्मीको सत्यवती गाउँपालिकामा पहिलो पटक बिशेषज्ञ डाक्टर सहितको टोलीले स्वास्थ्य परीक्षण गरेको छ ।

पहिरो प्रभावितलाई राखिएका १६ वटा अस्थायी बासस्थानमा पुगेरै गाउँपालिका वडा न ३ का फरकफरक ५ वटा स्थानमा पुगेर पहिरो प्रभावितमध्ये ८ सय ५० जनाको निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि समेत बितरण गरिएको हो ।

बुद्ध सामुदायिक टेलिभिजन, रेडीयो जागरण र नागरिक आवाज डटकमको संयुक्त आयोजनामा शिशिर संचालन गरिएको हो । शिविरमा युनिर्भसल मेडिकल कजेज भैरहवाका डाक्टरहरु मनिष कुमार ठाकुर,निशान्त श्रेष्ठ आयाम गौतम,जामेनजय तथा केमिकल एण्ड मेडिकल सप्लायर्सं अफ नेपाल लुम्बिनी शाखाका अध्यक्ष बिष्णु भण्डारी, महासचिब बिजय आचार्य, महिला उद्योगी शान्ता शर्मा, लगायतको प्राबिधिक टोलीले स्थानीयको चेकजांच र औषधि बितरण गरेका थिए ।

उक्त क्षेत्रमा पहिरोपछि हुनसक्ने रोगको महामारीलाई रोक्न र स्थानीयको मनोवल बढाउन स्वास्थ्यकर्मीबोकेर घटनास्थल पुगेको पहिरो प्रभाबितका लागि राहत संकलन तथा पुर्नस्थापना कोषका संयोजक तथा बुद्ध टेलिभिजनका अध्यक्ष पृथबहादुर फौदार पृथ्वीको भनाइ छ ।

सो शिविरमा आएका मध्ये धेरैलाई सहि परामर्श,औषधोपचार र चेकजाँच गरिएको युनिर्भसल मेडिकल कजेज भैरहवाका डा मनिषकुमार ठाकुरले बताए । पहिरोको क्षतिले अत्तालिएका स्थानीयलाई लक्षित गरेर संचालन गरिएको स्वास्थ्य शिविर आफुहरुलाई घाउमा मल्हम जस्तै भएको उनीहरुको भनाइ छ । साउन ६ गतेबाट शुरु भएको अविरल बर्षा सहितको पहिरोले साउन ७ गते बिहान वडा न ३ ठूलोलुम्पेकमा ५ जना र वडा न ४ मा ८ जनाको ज्यान गएको हो ।

पहिरोमा परी डेढ वर्षीय बालक सञ्जु बिक सहित स्थानीय तारा बिक, माया बिक, बबि बिक, निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमान्सु बिक, छली बिक, सिवानी बिक, तिलकुमारी तरामु, दर्शन तरामु र दुर्गाबहादुर सिंजालीको मृत्यु भएको थियो ।ठूलो लुम्पेक र लिम्घामा क्षति प¥याउँदा १२ सय ६० जना मानिस प्रभावित भएका छन् । भने पहिरोमा परी ३ सय ७ घर प्रभावित भएका हुन् ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width