शिक्षकको बैठक रुपामा

एजेन्सी
श्रावण २०, २०७६
teacher photo_Fotor

पोखरा, १९ साउन। “गौरबशाली इतिहाँस, चुनौतिपूर्ण वर्तमान, गुणस्तरका लागि शिक्षामा सुशासन” भन्ने मुल नारा लिएको नेपाल राष्ट्रिय शिक्षक संगठनको कास्की जिल्ला समितिको १२ औ पूर्ण वैठक रुपा गाउँपालिकामा सम्पन्न भएको छ।

रुपा गाउँपालिकामा सम्पन्न बैठकले सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढाउन समुदायको माग अनुसार सूचना प्रबिधि मैत्री शिक्षकको व्यवस्था गर्न आग्रह गरिने भएको छ। संगठनसँग आबद्ध शिक्षकहरुलाई आधारभूत सूचना प्रबिधि तालिम सञ्चालन गरी सम्पूर्ण शिक्षकहरुलाई सूचना प्रविधिमा पहुँच पुर्याउने घोषणा गरेको छ। संगठनसँग आबद्ध शिक्षकहरुलाई एकवर्ष भित्र आधारभुत सूचना प्रबिधि मैत्री शिक्षकको रुपमा विकास गर्ने उद्देश्य पुरा गराउन शैक्षिक अनुसन्धान तथा तालिम विभाग र सूचना प्रबिधि तथा प्रकाशन विभागलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ।

संगठन सँग आबद्ध शिक्षकहरुको व्यक्तिगत, शैक्षिक, पेशागत तथा सांगठनिक विवरण संकलन तथा अद्याबधिक गर्न अनलाइन फारमको प्रयोग गरिरहेको सूचना प्रबिधि तथा प्रकाशन विभाग प्रमुख दामोदर तिमिल्सिनाले बताए।

जिल्ला समितिको वैठकको पूर्व सन्ध्यामा साउन १७ गते “सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार कसरी? ” भन्ने विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको थियो। उक्त अन्तरक्रिया कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नेपाल राष्ट्रिय शिक्षक संगठनले पेशागत अधिकारको सुनिश्चितताका साथै गुणस्तरीय शिक्षाको सबालमा खेलेको भुमिकाको प्रशंसा गरे। रुपा गाउँपालिकाले आफ्नो आन्तरिक आयको करिब ७० प्रतिशत वजेटशिक्षा क्षेत्रमा खर्च गरेको वताउँदै “समृद्ध नेपाल र सुखी नेपाली”को राष्ट्रिय सङ्कल्पलाई पुरा गराउन शिक्षाको स्तर सुधार र आवस्यक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।

शिक्षामा लगानी बृद्धि, सरकारी स्रोतबाट तलवभक्ता खाने कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने नीति लिएको जानाकारी दिदै सामुदायिक विद्यालयमा प्रवेश गरेका विद्यार्थीहरुलाई स्तरीय शिक्षा प्रदान गर्ने कार्यमा शिक्षक संगठनले नेतृत्वदायी भुमिका खेल्ने विश्वास व्यक्त गरे।

अतरक्रिया कार्यक्रममा रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेल, रुपा ५ का वडा अध्यक्ष टेक वहादुर गुरुङ तथा नेकपा रुपा संयोजक सवाबक्स मियाँले सहभागिहरुका विभिन्न जिज्ञासाहरुबारे सहजीकरण गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width