सरकार असफल बनाउन बाहिरी शक्ति सक्रिय : मन्त्री थापा

आदर्श समाज सम्वाददाता
श्रावण २०, २०७६
minister thammaya thapa (1)_Fotor

संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले सरकारलाई असफल बनाउन बाहिरी शक्तिको चलखेल बढेको बताएकी छन्।

जिल्ला समन्वय समिति म्याग्दीको चौथो जिल्ला सभालाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो कुरा बताएकी हुन्।

सरकारको सुखी नेपाली समृद्ध नेपाल अभियानलाई असफल बनाउन भित्री तथा बाहिरी शक्तिहरु अनेक ढंगले लागि परेको मन्त्री थापाको आरोप छ। जनताको विश्वास प्राप्त गरेको सरकारलाई कुनै पनि हालतमा असफल हुन नदिने मन्त्री थापाले दावी गरिन्।

‘देशलाई असफल बनाउन र अप्ठ्यारोमा पार्न बाहिरी शक्ति चारैतिरबाट अनेक ढंगले लागिपरेको छ’, मन्त्री थापाले भनिन्–‘ सरकारलाई असफल बनाउन चौतर्फी अनेकन प्रयत्न भइरहेका छन्, त्यो प्रयत्न सफल हुन सक्दैन’

सरकार आएपछि विभिन्न विकास निर्माणका कार्य भएको र गति लिन थालेको मन्त्री थापाले बताइन्। मन्त्री थापाले भ्रष्टाचारी धमाधम पक्राउ परेको बताउँदै अब उन्मुक्ति पाउने अवस्था नभएको दाबीसमेत गरिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यतिखेर भ्रष्टाचारीलाई धमाधम नियन्त्रण लिई मुद्दा चलाउने काम गरेको बताउँदै मन्त्री थापाले भनिन् ‘भ्रष्टाचारीहरुले अब उन्मुक्ती पाउँदैनन्। ’ भ्रष्टाचार नियन्त्रणमा सरकार कडा रुपमा प्रस्तुत भएकाले स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारीहरुले अभियानलाई साथ दिन उनले अनुरोध समेत गरिन्।

जनताको आशा र भरोसाको रुपमा वर्तमान सरकार भएकाले जनतालाई आशा दिलाउने गरी सरकारका कामकारवाही अगाडि बढेको उनको भनाइ थियो। मन्त्री थापाले सरकारका कामकारवाहीलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्रीले मन्त्रीसँग र मन्त्रीले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गर्ने नीति लिएको मन्त्री थापाको भनाइ थियो। संघीय सरकारले अघि सारेको लक्ष्यलाई पूरा गर्ने स्थानीय सरकारको दायित्व भएकाले प्रभावकारी रुपमा स्थानीय सरकारले काम गर्नुपर्ने उनको भनाइ छ। मन्त्री थापाले स्थानीय तहमा भएका अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्न जनप्रतिनिधिहरु सचेत भएर लाग्नुपनेर्मा जोड दिइन्। भ्रष्टाचार गर्ने कर्मचारीलाई कारवाही र राम्रो काम गनेर्लाई पुरस्कृत गर्ने उनले बताइन्।

ग्ण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशले ल्याएको नीति तथा कार्यक्रमलाई स्थानीय सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनुरोध गरिन्।

प्रदेश सरकारले स्थानीय तहमा पठाएका योजनालाई अपनत्व ग्रहण गरेर सफल रुपमा कार्यन्वनय गर्न स्थानीय सरकारका जनप्रतिनिधिहरु लाग्नुपर्ने विचार व्यक्त गरिन् । उनले प्रदेश सरकारलाई आर्थिक रुपमा सम्पन्न बनाउन जलस्रोत, पर्यटन, कृषि, र जडिबुटीलाई प्राथमिकता दिएको जानकारी दिइन् ।

मन्त्री पुनले प्रदेश सरकारले दुई वर्ष भित्रमा निरक्षरताको अन्त्य गरी पुर्ण साक्षर प्रदेश घोषणा गर्ने लक्ष्य लिएको बताइन्। प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले चालु आर्थिक वर्षमा सरकारले ल्याएको नीति कार्यक्रम र बजेट जनमुखी भएको बताउँदै कार्यन्वयनमा जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारीहरुले कुशलता प्रदर्शन गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रम संविधानसभाका सदस्यहरु गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानियाँ, प्रदेश सांसद विनोद केसी, नेकपाका कार्यालय सदस्य बालकृष्ण सुवेदी, प्रमुख जिल्ला अधिकारी ज्ञान नाथ ढकाल, नेपाली काँग्रेसका उपसभापति माधव प्रसाद रेग्मी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनलगायतले स्थानीय तहलाई सफल बनाउन जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width