नेपालीको व्यक्तित्व र कृर्तित्व संग्रहित

आदर्श समाज सम्वाददाता
श्रावण १९, २०७६
20190803_125124

पोखरा, १९ साउन । पीताम्बर नेपाली व्यक्ति एक, व्यक्तित्व अनेक अभिनन्दन ग्रन्थको लोकार्पण गरिएको छ । पीताम्बर बिष्णु–राज्य प्रतिष्ठान पोखराले ल्याएको उक्त ग्रन्थ गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले शनिवार एक समारोहबीच लोकार्पण गरेका हुन् ।

पीताम्बर नेपालीका परिवारजनको सक्रियतामा अस्तित्वमा ल्याइएको यस प्रतिष्ठानले पीताम्बर नेपालीले परिवार र समाजप्रति पु¥याएको योगदानलाई उनकै जीवनकालमा अभिलेखीकरण गर्ने र विभिन्न विधाका स्थापित विद्वान्हरु तथा शुभेच्छुकहरुले पीताम्बर नेपालीप्रतिको दृष्टिकोण समेतलाई लिपिवद्ध गरी ग्रन्थ प्रकाशनमा ल्याइएको हो।

उक्त अवसरमा बोल्दै गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले समाजलाई डो¥याउन सक्ने सारथिको सम्मान हुँदा त्यसको ओजन ठूलो हुने बताए । जीवनमा कर्मले आदरणीय बनाउँछ,, शिक्षा, साहित्यिक र सामाजिक क्षेत्रमा पीताम्बर नेपालीले पु¥याएको योगदान अतुलनीय छ, उनले भने–समाज सुधारकहरु जागरुक हुनसके समाजमा परिवर्तन ल्याउन सकिन्छ ।

धनदौलतले आफ्ना सन्ततिलाई सुख–सुबिधा त होला तर उनीहरुलाई संस्कार दिनु नै महानता हो, उनले भने– बोल्ने एउटा गर्ने एउटा गर्दा देश नै अलपत्र हुन सक्छ । नेपालको राजनीतिमा बोल्ने एउटा गर्ने अर्को हुँदै आएका कारण आम नागरिकको समृद्धिको खुसी आउन सकेको छैन, उनीहरुमा जोस,जागर,उत्साह र अनुहारमा खुसी छैन ।

६७९ पेजको ग्रन्थमा पीताम्बरका जीवनवृत्त, समीक्षा, संस्करण, कविता, गजल, पारिवारिक अनुभूति सहित १६१ लेखरचना रहेका छन् । प्रधान सम्पादक पा.डा. ज्ञानबहादुर कार्की सम्पादक रहेको उक्त ग्रन्थको कार्यकारी सम्पादकमा नारायण मरासिनी, सम्पादकहरु डा. नारायणप्रसाद अधिकारी, बोधराज ढकाल, गिरबहादुर खड्का रहेका छन् ।

उक्त ग्रन्थको टिप्पणीकारको रुपमा बोल्दै डा. लक्ष्मीशरण अधिकारीले ८० बर्षीय पीताम्बर नेपालीको शिक्षा क्षेत्रमा योगदान महत्वपूर्ण छ,, त्यतिवेला विद्यालय खोल्ने, व्यवस्थापन र विद्यालयदेखि क्याम्पमा सहप्राध्यापकसम्म पुग्नु निकै कठिन कार्य भएको बताए । सामान्तवादकोसधै विरोध गर्ने पीताम्बर सधै विभेदको विरुद्ध लागे, शान्त स्वभाव, शैक्षिक अगुवा, समानताका पक्षधर रहेको भनाई उनको थियो ।

उक्त अवसरमा पूर्वमन्त्री त्रिलोचन ढकाल, जोर्जजोन, डा. नारायण अधिकारी, रमाकान्त सापकोटा, लागायतले पीताम्बर नेपालीको कृतित्वको बारेमा प्रकाश पारेका थिए । श्रष्ठा पीताम्बर नेपालीले समेत आफ्नो जीवनकालमा भोग्नु परेको अनुभूति राखेका थिए भने उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष डा. दिलबहादुर क्षेत्रीले गरेका थिए । प्रतिष्ठानका प्रमुख संरक्षक तथा नेपालीका छोरा पृथ्वीराज तिमिल्सेना शिक्षा, साहित्य र समाजसेवामा योगदान प¥याउनेलाई सम्मान गर्न ६ लाख रुपैयााको अक्षयकोष स्थापना गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width