बच्चाका आमाको आकर्षण पाउडर दुधमा

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७६
p06s85x7

तनहुँ, १८ साउन । तनहुँका अधिकाशं बच्चाका आमाले आफ्नो दुध भन्दा पनि बट्टाको दुध र पिठो बच्चाका लागि खुवाउने गरेका छन् ।

जिल्लाका ६६ प्रतिशत आमाले खनफ्जन बच्चालाई स्तनपान गराउने र ३४ प्रतिशतले बट्टा र पाउडर दुध खुवाउने गरेको जिल्ला जन स्वास्थ्य कार्यालय तनहुँको तथ्याङ्कले देखाएको छ ।

वच्चा जन्मिएको ६ महिनासम्म लगातार आमाको दूध खुवाउनु वच्चाकालागि अमृतसमान मानिन्छ तर पछिल्लो समय नवजात शिशुलाई स्तनपान नगराई बजारका खानेकुराको प्रयोग गरेको चिकित्सकहरूको भनाई छ । बच्चा जन्मिउको ६ महिनासम्म आमाको दूध सर्बोत्तम पौष्टिक आहारको रुपमा हुने हुँदा आमाको दुधको विकल्प सोच्न हुदैन सो अवसरमा भनिएको छ ।

जन्मेको २० मिनेटमै बच्चालाई शिशु स्यार पौष्टिक आहारका रुपमा मानिने दूध खुवाउनु अति उतम मानिन्छ । जन्मेको १ धन्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत रहेको छ भने ६ महिना सम्म पुर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत रहेको तथ्यांकमा उलेख गरिएको छ।

विशेष गरेर महिलाहरुले समय अभावका कारण देखाएर बट्टाको दूध खुवाउने ,आफनो शरीर विग्रने भन्द अनुहारको सौन्र्दर्यमा ह्रास आउने भन्दै वच्चालाई स्तनपान नगराई लिटोखुवाउने गरेको पाइन्छ ।

तथ्यांक अनुसार ८८ प्रतिशतले दुई बर्षसम्म स्तनपान गराउने गरेको र यस कार्यलाई सन् २०३० सालसम्ममा ९० प्रतिशत पुर्याउने लक्ष्य नेपाल सरकारले लिएको उक्त अवसरमा वताइएको छ । नवजात शिशुलाई पानी र रोगसँग लड्ने पौष्टिक आहार दुधसेवनले आमा र वच्चामा ठूलो फाइदा पुग्ने गरेको देखिन्छ भने शिशु जन्मनासाथ छातीमा टाँसेर राख्दा र सुताउदा पाठेघर खुम्चिने प्रक्रियालाई उर्तेजीत पार्छ र जसले गर्दा सालनाल निस्कन र रक्तश्राव बन्द गर्न मद्दत गर्दछ जसको फल सवरुप स्तनपान गराँउदा निस्कने हर्मोनले आमाको तनाव कम गरीशिशु स्याहार गर्न मद्दत पुर्याउने गर्छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width