झापा, १७ साउन । सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ ।
यही साउन १४ गते गोमन सर्पको डसाइबाट बाह्रदशी गाउँपालिका–३ निवासी ५२ वर्षीय छत्रबहादुर पौडेलको मृत्यु भएको थियो भने बिहीबार बिर्तामोड–१० निवासी सरिता थापाको मृत्यु भएको छ । थापालाई आफ्नै घरको कौसीमा विषालु सर्प गोमनले डसेको स्थानीय घनश्याम रायले जानकारी दिए ।
थापालाई सर्पले डसेलगत्तै सर्पदंश उपचार केन्द्र चारआली पु¥याए पनि उनको उपचारकै क्रममा निधन भएको बताइएको छ । पछिल्लो समय झापामा सर्पदंशका बिरामी बढेका छन । गर्मी बढेसँगै झापामा सर्पदंशका बिरामी बढेका हुन् । झापामा वर्षेनी झण्डै तीन हजार ५०० बढी सर्पदंशका बिरामीले जिल्लास्थित तीन सर्पदंश उपचार केन्द्रबाट सेवा लिएका छन् ।
केन्द्रका प्राविधिक खेमचन्द्र अधिकारीका अनुसार दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा अहिले दैनिक सातदेखि १० जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रमा वैशाख र जेठ मसान्तसम्ममा मात्र्र २०० का हाराहारीमा सर्प डसाइका बिरामीले उपचार सेवा लिएको उल्लेख गरिएको छ ।
विसं २०५५ मा स्थापित सो केन्द्रले सर्पको डसाइका कारण बढ्दो मृत्युदर रोक्न मोटरसाइकल स्वयंसेवक कार्यक्रमसमेत परिचालन गरिएको जनाएको छ । दमकमा जिल्लाका साथै मोरङ, दक्षिणी चुलाचुली इलाम र गौरीगञ्जसहित दक्षिण भारतका समेत बिरामी उपचार गर्न आउने गरेको केन्द्रका प्राविधिक गङ्गाराज उप्रेतीले बताए । केन्द्रमा एक मेडिकल अफिसर, एक एनेस्थेसिया र अन्य छ प्राविधिक स्वास्थ्यकर्मीले २४सै घण्टा सर्पदंशका बिरामीलाई सेवा उपलब्ध गराउँदै आएका छन् । केन्द्रमा १३ श्यया राखिएका छन् ।
यता श्री नयाँ श्रीनाथ गण चारआलीमा नेपाली सेनाको ब्यारेकसहित कनकाई नगरपालिकाको कोटीहोममा सहारा नेपाल सहकारी संस्थाको अगुवाइमा सर्र्पदंश उपचार केन्द्रबाट पनि सर्पदंशका बिरामीले सेवा लिँदै आएका छन् ।
Related News
सम्बन्धित समाचार
कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
नुहाउन गएका दिदीबहिनीको दहमा डुबेर मृत्यु
घर छाड्ने सल्लाह हुँदै थियो, पहिरोले लतार्यो
पुरुनचौर पहिरो : मृतक ५ जनाको सामूहिक दाहसंस्कार
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१