अख्तियारद्वारा पाँच प्रहरी पक्राउ

रासस
श्रावण १७, २०७६
Commission-for-the-Investigation-of-Abuse-of-Authority-CIAA

काभ्रेपलाञ्चोक, १७ साउन । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ ।

आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

उनका अनुसार मण्डनदेउपुर नगरपालिकास्थित हेलम्बू राजमार्गमा पर्ने हिगुवापाटी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपामा कार्यरत हवल्दार रामहरि मानन्धर र जवान हरिप्रसाद बाँनियालाई टिपर चालकसँग घुस लिँदालिँदै पक्राउ गरिएको हो । साथै, पाँचखाल प्रहरी चौकीमा कार्यरत हवल्दार भक्तबहादुर हायू र जवान ज्ञानबहादुर लाम्गाडेलाई अरनिको राजमार्गस्थित केराघारीबाट पक्राउ गरिएको छ ।

उजुरीका आधारमा स्थलगत अनुगमन गर्दा ती प्रहरीलाई पक्राउ गरिएको प्रवक्ता कोइरालाले बताए उनका अनुसार ओभरलोड तथा सडकमा पानी चुहाउन नियन्त्रण गरेको भन्दै ट्राफिक तथा जनपद प्रहरीले टिपर चालकसँग रकम असुल्दै आएका थिए ।

उजुरीमा प्रहरीले प्रतिटिपर चालकसँग मासिक रु दुई हजार असुल्दै आएको उल्लेख गरेपछि स्थलगत अनुगमन गरिएको अख्तियारले जनाएको छ । पक्राउ गरिएका प्रहरीले टिपरसँग रु दुई हजार लिइएको अवस्थामा रङ्गेहात पक्रिएको हो । काभ्रेपलाञ्चोकस्थित अरनिको र विपी राजमार्गमा दैनिक एक हजार ५०० टिपर गुड्ने गर्दछन् ।

Related News

सम्बन्धित समाचार

  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ६, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • प्राइम सहकारी ठगीमा थुनछेक बहस सुरु

    विजय नेपाल असार ६, २०८१
    पोखरा । डेढ अर्बभन्दा बढी रकम अपचलन भएको प्राइम बहुउद्देश्यीय सहकारी संस्था ठगी मुद्दामा बहस सुरु भएको छ । नेपाल…
  • मनाइयो पहिलो दिनको बकर इद

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर इद (इदुल जोहा) सोमबार देशभरका मस्जिदमा नमाज पाठ गरी हर्षोल्लासपूर्वक मनाइएको छ…
  • दृष्टिका लागि ठिक्क पावरको चस्मा हुनुपर्छ

    डिल्लीराम सुवेदी असार ४, २०८१
    निकै थोरै समय र राजनीतिक रस्साकस्सीको बीचमा आएको यो नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । यसले अलिकति सपना पनि देखेको…
  • किन घटेर आयो गण्डकीको बजेट ?

    आदर्श समाज सम्वाददाता असार ४, २०८१
    पोखरा । चालु आर्थिक वर्षमा सरकारले प्रक्षेपण गरेमध्ये संघ सरकारले दिने भनेको १ अर्ब ९८ करोड रुपैयाँ समानीकरण अनुदान पठाएको…

hero news full width