मुस्ताङमा यार्तुङसँगै घोडादौड र सेभेन ए साइड फुटबल

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७६
2

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकामा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।

३८०० मिटरको उचाईमा मुक्तिनाथको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकाले आयोजना गर्ने यार्तुङ महोत्सवमा सेभेन ए साइड फुटबल तथा घोडा दौड प्रतियोगिता हुनेछ ।

यही साउनको २७ गतेदेखि ३० गतेसम्म ‘मुक्तिनाथको दर्शन गरौं, यार्तुङ महोत्सवमा रमाऔ’ भन्ने बारागुङ क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बुधबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

हाई अल्टिच्युडमा खेलकुद तालिम केन्द्र निर्माण गर्न गण्डकी प्रदेश सरकारले योजना ल्याएको छ । त्यही अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माणास्थलमै सेभेन ए साईड फुटबल प्रतियोगिता समेत आयोजना गरिने भएको हो । महोत्सवमा परम्परागत तारा खेल र मास्क डान्स समेत गरिने बताइएको छ ।

‘महोत्सवमा सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरिनेछ,’ पत्रकार सम्मेलनमा छेप्तेनले भने, ‘फुटबलसँगै घोडा दौडको प्रतिस्पर्धा समेत हुने छ ।

मुस्ताङ्गीहरुले घोडा दौडलाई मुस्ताङ्गीहरुको शानको रुपमा समेत लिने गरेका छन् । ३.५ किलोमिटर र १.५ किलोमिटर गरी दुई फरक दुुरीको घोडा दौड प्रतियोगिता आयोजना गरिने गाँउपालिकाका प्रमुख प्रशासनिक अधिकृत दिपक रेग्मीले बताए । हिमालको काखमा मुक्तिनाथका साथमा याकमा सवार गर्न सकिने छ ।

३.५ किलोमिटर घोडा दौड झारकोटदेखि रानीपौवासम्म तय गरिएको छ । विजेतालाई ५० हजार, दोस्रोलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । घोडचढी दौडसँगै मुस्ताङमा विशेषता रहेको घोडचढीसँगै चौरमा रहेको खादा टिप्ने प्रतिस्पर्धा समेत हुने प्रशासनिक अधिकृत रेग्मीले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width