चितुवा आतंक नियन्त्रण गर्न समिति गठन

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७६
leopard_trapped4188

तनहुँ, १५ साउन । तनहुँको भानुनगरपालिका–२ ठूलो बगैंचा निवासी–६ वर्षीय हेमराज सुनारलाई साउन १२ मा घरनजिकैको बारीमा रहेको शौचालय जाने क्रममा चितुवाले घाँटी र ढाडमा चित्थोरेपछि गम्भीर घाइते भएका थिए । घाइते सुनारको चितवन स्थित भरतपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

चितुवा र भालुको आतंकवाट स्थानीय भानुवासीहरु दिनहुँ त्रसित वनिरहेका छन् । ती वन्यजन्तुको आक्रमण नियन्त्रणका लागि विभिन्न कार्यलयका प्रमुखको उपस्थितिमा आकस्मिक बैठक वसेको थियो । वैठकले भानुनगरपालिकाका मेयर उदयराज गौलीको संयोजकत्वमा चितुवा र भालु नियन्त्रण आतङ्क नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

समितिको सदस्यहरुमा क्रमश जिल्ला वन डिभिजन कार्यलयका प्रमुख केदार वराल,सशस्त्र प्रहरी वल मनकामना गणका प्रेमप्रसाद सिग्देल र भानुनगरपालिका रहेका १३ वटा वडाका सबै वडाध्यक्षहरु सो समितिको सदस्य रहेका छन् ।

चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका सुनारको उपचारका लागि भानुनगरपालिकाले ३५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय समेत गरेको छ ।
तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार भानुका विभिन्न वडाहरुमा भालु र चितुवाको विगविगी दिनप्रतिदिन वडे पछि स्थानीय वासीहरुलाई उच्च सतर्कता अपनाउन धाँस,दाउरा गर्दा एक्लै–दुक्लै नहिड्न, हिडनै परे समुहमा जङ्गलमा जान आग्रह गरिएको छ ।

जिल्ला वन डिभिजन कार्यलय तनहुँका प्रमुख केदार बरालले स्थानीयलाई चनाखो गराउने उद्देश्यले विभिन्न खाले सचेतनामुलक जनहितमा जारी पोष्टर , पम्पेलेट, विद्यालय र स्थानीयलाई होसियार गराउने कार्य भइरहेको बताए ।

वाक्लो जंगल फडानी र जनसंख्या वृद्धिका कारण वन्यजन्तुले खानेकुरा नपाउँदा मान्छेलाई आक्रमण गर्न थालेको बताउदै सबै सर्तक रहिरहन आग्रह गरिएको र चितुवा र भालु नियन्त्रणका लागि आवश्यक पहल गरिरहेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width