पर्यावरण संरक्षणमा अन्नपूर्ण गाउँपालिका

रासस
श्रावण १४, २०७६
Gandruk-Moderate-Trekking51

पोखरा, १४ साउन । कृषि र पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधार मानेको कास्कीको अन्नपूर्ण गाउँपालिकाले यहाँको पर्यावरण संरक्षणलाई प्राथमिकतामा राख्दै काम थालेको छ ।

पर्यावरण संरक्षणमा प्राकृतिक जलाशय, कुवा, पोखरीको संरक्षणसाथै बोटबिरुवाले महत्वपूर्ण योगदान पु¥याउने हुँदा यसको संरक्षण थालिएको हो । पदयात्रा पर्यटनमा विश्वका उत्कृष्ट यस गाउँपालिकाभित्रका पदयात्रा मार्ग, आसपासका ऐतिहासिक कुवा, पोखरीसहितका प्राकृतिक जलाशयको संरक्षण र बोटबिरुवा रोप्ने क्रमलाई अघि बढाइएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको ‘हिडन लेक’ स्थित ताल संरक्षण गरेको छ । पदयात्रा मार्गमा पर्ने हिमालको छायाँ देखिने रमणीय उक्त ताललाई स्थानीयवासीले लुकेको तालका रुपमा लिने गर्दछन् ।

गाउँपालिका–७ सल्यानस्थित ताल चियाउने गह्रामा रहेको ऐतिहासिक पोखरी संरक्षण गरिएको छ । वडा नं १ मा नौ डाँडा भ्युटावर निर्माण गरिएको छ । त्यहाँ पोखरी पनि संरक्षण गरिएको छ । “अन्नपूर्ण पदयात्रा पर्यटनको महत्वपूर्ण क्षेत्र भएकाले पर्यावरणीय संरक्षणले अत्यन्त महत्व राख्दछ”, उनले भने “ऐतिहासिक पोखरी तथा कुवा संरक्षण गर्दै यहाँको पर्यावरणीय स्वच्छतालाई बचाउने उद्देश्य राखेका छौँ ।”

उक्त कार्यबाट स्थानीयवासीलाई आयआर्जनमा टेवा पु¥याउन ११ वडामा फलफूलका बिरुवा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । गाउँपालिका भित्रका सर्वसाधारणलाई गत जेठ र असारमा एक लाख १३ हजार विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको छ ।

“गाउँपालिकाले केही बिरुवा आफ्नै नर्सरीमा उत्पादन गर्दै आएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समयमा आफ्नै नर्सरीमा तीस हजार कागतीका बिरुवा उत्पादन गर्ने प्रक्रिया अघि बढाइसकेका छौँ ।” फलफूलका बिरुवा वितरणसँगै पर्यावरणीय संरक्षण र यसले स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने गाउँपालिकाको अपेक्षा छ ।

अघिल्लो आवमा ११ वडामा माटो परीक्षण गरिएको थियो । कुन ठाउँमा कुन फलफूलको खेती हुन्छ, त्यसको पहिचान गरिएको छ । गाउँपालिकाभित्रका विभिन्न ७१२ ठाउँको माटो परीक्षण गरी आवश्यकताका आधारमा १५५ बोरा कृषि चुन वितरण गरिएको छ ।

गाउँपालिकाको विभिन्न क्षेत्र राम्रो टुसा उत्पादन हुने ठाउँ हो । यहाँका जङ्गलमा पाँचऔँले, सतुवा, वन लसुनजस्ता जडीबुटी प्रशस्त पाईन्छ । दुर्लभ डाँफे, मुनाल, घोरलजस्ता जीवजन्तुले यहाँको आकर्षण बढाएको छ । गाउँपालिकाले ‘एक घर एक फलफूल, एक विद्यार्थी एक फलफूल’ कार्यक्रम अभियानका अघि बढाएको छ ।

नगदे बालिका बिरुवा वितरण गरी त्यसबाट स्थानीय स्वरोजगारीमा जोड दिने लक्ष्य राखिएको छ । गाउँपालिकामा पर्यावरणीय सन्तुलनमा योगदान दिने ८८ वटा चौतारा छन् । त्यस्तै ३८ वटा कुवा तथा पोखरी छन् । वडा न ं२ को रातामाटा, ५ को चिसापानी, ६ लुम्लेको माझखोला र ९ को उल्लेरीको उजेलीगायतका कुवा संरक्षणमा गाउँपालिकाले चासो दिएको छ ।

गाउँपालिकामा ऐतिहासिक मठमन्दिरको सङ्ख्या १५५ छ । छोम्रोङमाथि अन्नपूर्ण आधार शिविरमा कुनै पनि पूर्वाधार विकासका नाममा यान्त्रिक औजारको प्रयोग नगर्ने र यस क्षेत्रलाई ‘पर्यावरणीय प्राकृतिक क्षेत्र’ घोषणा गर्ने नीति लिइएको छ । गाउँपालिकामा चालू आवभित्रै दुई सय पीपलका बिरुवा सार्ने लक्ष्य रािखएको छ ।
– वासुदेव पौडेल

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width