पोखरा, १४ साउन । स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरुबाट सद्भाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाउँमा घोषित भएको छ ।
गाउँ पर्यटन प्रबद्धन मञ्च(भिटोफ) नेपालद्वारा घोषत वर्ष गन्तब्यमा परिसकेको राईनास यो वर्ष उत्कृष्ट पर्यटकीय गाउँ घोषित भएको हो । अमेरिकी नागरिक लतासाको सहयोगमा र्निमाण भएको १४ वटा घरमा होमस्टे सञ्चालन भएको हो । उत्कृष्ट दृश्याबलोकन तथा ऐतिहासिक स्थल भएका कारण मानिसहरु राईनासकोटमा भ्रमण गर्न थालेको हुन ।
वर्षेनी राईनास जाने पर्यटकको संख्या बृद्धि हुदै गएको छ । वर्ष गन्तब्यमा परेपछि झन पर्यटकको ध्यान राइनासमा आक्रसित भएको हो । त्यहाँको अतिथि सत्कार तथा होमस्टे वरिपरीको वातावरण, सांस्कृतिक प्रस्तुती पर्यटकले बढी मनपराउने होमस्टे सञ्चालक बिष्णु गुरुङ्गले जानकारी दिए । राईनासकोटको बारेमा पत्रकार बिक्रम न्यौपानेले र्निमाण गरेको भिडियो रिपोर्ट हालै मात्र ग्रामिण पर्यटन बिधामा पुरस्कृत भएको थियो । राईनासकोटमा अहिले भिडियो छायाँकन पनि बढ्न थालेको छ । राईनासबाट लमजुङ्ग,गोरखा, तनहँु तथा नारायणी नदि देख्न सकिन्छ भने चारै दिशामा हिमाल हेर्न सकिन्छ ।
यो बिधामा यस अघि लमजुङ्गकै काउलेपानी होमस्टे, कास्कीको कालाबाङ्ग, हेम्जाकोट पुरस्कृत भैसकेका छन । लमजुङ जिल्लाको पुरस्कृत हुने होमस्टेमा राईनासकोट दोस्रो हो । राईनासको लोकप्रियता भिटोफ लगायतका पर्यटन सस्थाहरुको भ्रमण तथा कोटमै गरिएको कार्यक्रमहरुले पनि बढाएको होमस्टे सञ्चालकहरु बताउछन । प्रचार प्रसारमा स्थान पाइरहने राईनासमा गण्डकी प्रदेश सरकारले पनि अनुदान दिएको छ भने संघीय सरकारले पनि यो वर्ष करिव एक करोड बजेट बिनियोन गरेको छ । शाहा बंशीय राजाहरुले राज्य गरको गढीको रुपमा राईनासकोटलाई चिनिन्छ ।
काठमान्डौमा हुने एक बिशेष समारोहकाबीच बुधबार राईनासकोट सामुदायिक होमस्टेलाई पुरस्कृत गरीने भिटोफ नेपालका केन्दीय अध्यक्ष ध्रुब सिंखडाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
नागीधार महोत्सव तयारी पूरा
२६ औं घलेल ल्होछार उत्सव
प्राधिकरणले विमानस्थल चलाउने कार्ययोजना बनाएन : गुरुङ
२६ औं पोखरा सडक महोत्सव सुरु
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१